Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

  • नेपाल सञ्चार
  • ४ हप्ता अगाडि

बागलुङ, १ फागुन । हिजो भएको भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न छानबिन समिति गठन गरिएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर ३ हाडेपाखामा भएको न्यू एभरेष्ट एकेडेमीको भ्यान दुर्घटना भएको थियो ।

शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख प्रकाशबन्दु अर्यालको संयोजकत्वमा गठन गरिएको छानविन समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिन बहादुर कुँवर, यातायात व्यवस्था कार्यालय बागलुङका मेकानिकल ईञ्जिनीयर सुरेश जैशवाल, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत खिम बहादुर विश्वकर्मा, पीडित पक्षको तर्फबाट प्रिया किसान र कुशल बोहरा र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्यावसन)का तर्फबाट दल थापा रहनु भएको छ । समितिले ७ दिनभित्र प्रतिवेदन पेश गर्ने छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यको अध्यक्षतामा बसेको सर्वपक्षीय सर्वदलीय बैठकले समिति गठन गरेको हो ।
बैठकका सहभागिले दुर्घटनाका धाइते बालबालिको स्वास्थ्य उपचार, मृतकका परिवारलाई उचित राहत र क्षतीपूर्तीको व्यवस्थासँगै घटनाको सत्यतथ्य छानविन गरेर दोषीलाई कारबाही गर्ने सहमती गरेका छन् ।

दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
बैठकमा धौलागिरी प्रादेशिक अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट किरण तिवारीले घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको बताउनु भएको थियो । उहाँले उनिहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको बताउनुभयो ।

त्यसैगरि अन्य ७ जना घाइते मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र सबै खतरामुत्त रहेको बताउनुभयो । धौलागिरी अस्पताल बागलुङ उपचाररत १६ जनाको अवस्था पनि समान्य रहेको उहाँको भनाई छ । जसमध्ये केहीलाई शुक्रबार साँझ र बाँकीलाई शनिबार घर पठाउने उहाँले बताउनुभयो ।

बैठकमा बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठले दुर्घटनाको कारण पत्ता लगाएर पीडितलाई न्यायको महशुष बनाउने गरि समितिलाई अध्यन गर्न आग्रह गर्नु भएको थियो । उहाँले अहिलेको प्राथमिकता घाइतेको उपचार भएको भन्दै उपचारमा कुनै कमी नहुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

बैठकमा धौलागिरी प्रादेशिक अस्पताल बागलुङका अध्यक्ष श्रीप्रसाद शर्माले अस्पताल प्रशासन, व्यवस्थापन, जिल्लाको सुरक्षा संयन्त्र र जनप्रतिनिधिको सहयोग र समन्वयमा घाइतेको प्रभावकारी उपचार सम्भव भएको भन्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो । उहाँले सामाजिक सञ्जालमा गरिएका अपूर्ण र भ्रमपूर्ण सूचनाका कारण अस्पतालमा अनावश्यक भिड बढ्दा घाइतेलाई अस्पताल पु¥याउन समेत समस्या भएको बताउनु भएको थियो । सर्वसाधरण सचेत र संवेदनशिल नहुँदा अफ्ट्यारो परिस्थिती बनेको भएपनि सबै नियन्त्रण गरेर घाइतेको उपचार गरिएको उहाँले बताउनुभयो ।

बैठकमा घाइतेका तर्फबाट प्रिया किसानले घाइतेको तत्कालिन र दीर्घकालिन उपचार, दोषीलाई कारबाही, परिवारका सदस्यलाई रोजगारिको व्यवस्था, मृतकका परिवारलाई राहत र क्षतीपूर्तिको व्यवस्था गरिदिन आग्रह गर्नु भएको थियो ।
बैठकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतम र प्रिन्सिपल कृष्ण अधिकारीले घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

उद्यमीलाई बिनाधितो ऋण उपलब्ध

लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

ताजा समाचार

ट्रेन्डिङ

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com