बागलुङ , १७ फागुन । आचारसांहिता पालना गर्न जिल्ला प्रशाशन कार्यालय बागलुङले आग्रह गरेको छ ।
आसन्न प्रतिनिधि सभा निवार्चनकामा २०८२ फागुन २१ गते हुदैँ छ । जसका लागि जिल्ला प्रशाशन कार्यालय बागलुङले निर्वाचन आचारसांहिता परिपालना गर्न आग्रह गरेको छ ।
जिल्ला प्रशाशन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी एंव आचारसंहिता अनुगमन अधिकृत नवराज बरालले विभिन्न अनलाइन सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत उम्मेदवार तथा राजनीतिक दलहरूमाथि आधारहीन,भ्रामक चरित्र हत्या हुने किसिमका समाचार,तथा सामग्री प्रकाशन प्रसारण भइरहेको उजुरी प्राप्त भएका पत्रमा उल्लेख गरेका छन् ।
प्राप्त भएका उजुरी निर्वाचन आयोग, नेपाल एवं जिल्ला प्रहरी कार्यालय मार्फत प्रहरी साईबर ब्यूरोमा आवश्यक कारबाहीका लागि पठाईएको जानकारी गराएका छन् ।
निर्वाचन आचारसंहिता उल्लंघन गर्ने व्यक्ति वा संस्थाको क्रियाकलापको सुक्ष्म निगरानी गर्ने र अभिलेख राख्ने र कारबाहीको प्रक्रियमा रहेको समेत जानकारी गराएका हुन् ।
यस प्रकारका गतिविधि निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिता विपरीत हुनुका साथै प्रचलितकानून बमोजिम दण्डनीय हुन सक्ने व्यहोरा अनुरोध गर्दै,देहायका कार्यहरू आचारसंहिता विपरीत भएकोले नगर्न नगराउनुहुन प्रशाशन कार्यालय बागलुले अनुरोध गरेको छ ।
आधारहीन आरोप चरित्र हत्या तथा द्वेषपूर्ण सामग्री प्रकाशन÷ प्रसारण गर्ने ,.सामाजिक सञ्जालमार्फत अफवाह भ्रमपूर्ण सूचना तथा दुष्प्रचार गर्ने, नक्कली (फेक) आई.डी. प्रयोग गरी निर्वाचन प्रक्रिया प्रभावित गर्ने गतिविधि नगर्ने धार्मिक जातीय वा सामाजिक सद्भाव खलल पार्ने अभिव्यक्ति दिने ।अतः सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, अनलाइन पोर्टल तथा सामाजिक सञ्जालप्रयोगकर्तालाई तथ्यपरक संयमित र जिम्मेवार अभिव्यक्ति गर्न तथा आचारसंहिताको पूर्ण पालना गर्न,अनुरोध गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न ÷गराउन सहयोग पुयाउनुहुन जिल्ला प््राशाशन कार्यालय बागलुङले हार्दिक अपिल गरेकाो छ ।














