Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

भ्रामक सूचनामा विश्वास नगर्न मतदातालाई भीम श्रीसको आग्रह

  • नेपाल सञ्चार
  • २ हप्ता अगाडि

बागलुङ , १७ फागुन ।आगामी प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ का उम्मेदवार भीमबहादुर श्रीस रानाले केही दिन आफुलाई जोडेर आएका समाचार प्रति मतदातालाई भ्रममा नपर्न आग्रह गरेका छन ।
श्रीसले आईतबार एक विज्ञप्ती जारी गर्दै केही दिन देखी श्रृङ्खलाबद्ध रुपमा टिभी अन्नपूर्ण डटकम नामक अनलाइन पोर्टल र यसको फेसबुक पेज मार्फत आफुलाई जोडेर गराईएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।
“मेरो व्यक्तिगत चरित्र हत्या गर्नेगरी श्रृङ्खलाबद्ध रुपमा प्रकाशित गरेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
विभिन्न विषयमा कपोल्कल्पित भ्रामक समाचार भिडियोहरु बनाइ निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने तथा नेपाली काँग्रेसका नेता, कार्यकर्ता र मेरो चरित्र हत्या गर्ने कार्यप्रति गम्भीर आपत्ती छ श्रीसले विज्ञप्तीमा उल्लेख गरेका छन ।”
उनले विभिन्न विषयमा कपोल्कल्पित भ्रामक समाचार भिडियोहरु बनाइ निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने तथा नेपाली काँग्रेसका नेता, कार्यकर्ता र मेरो चरित्र हत्या गर्ने कार्यप्रति गम्भीर आपत्ती जनाएका छन ।

“म नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन २०८२ मा उम्मेदवार भएपछि मेरो व्यक्तिगत चरित्र हत्या गर्नेगरी मसंग कुनै साइनो नभएको र मेरो कुनै संलग्नता नभएको विषयमा अनर्गल प्रचार गर्नेगरी समाचारहरुमा मेरो नाम जोड्ने काम भएकाले छ श्रीसले भनेका छन।

यसले मलाई र मेरो राजनीतिक प्रतिष्ठालाई ठूलो आँच पु¥याएको मैले महसुस गरेको छु । सत्य तथ्य र निस्पक्ष हुनुपर्ने पत्रकारिता र समाचारमा हुँदै नभएको कथा बुनी मसंग ल्याएर जोडिएको छ । त्यसमा कुनै सत्यता नभएको जानकारी गराउँदै सम्पूर्ण मतदाता, शुभचिन्तक र पार्टीका नेता कार्यकर्ताहरुलाई त्यसको भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु ।”

उनले समाचार प्रकाशन गर्ने टिभी अन्नपूर्णलाई मेरो नाम जोडिएको भ्रमपूर्ण कपोल्कल्पित समाचार नलेख्न र लेखिएको समाचारको तथ्य पुष्टी गर्न समेत विज्ञप्ती मार्फत आग्रह गरेका छन ।

श्रीसले निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता विपरितको यसखाले समाचारबाट मेरो व्यक्तिगत सामाजिक र राजनीतिक जीवनमा ठूलो असर परेकाले यसबारे कानुनी उपचारमा जाने समेत विज्ञप्तीमा उल्लेख गराएका छन ।

निर्वाचनको पूर्वसन्ध्यामा भैरहेको अनर्गल र व्यक्तिको चरित्र हत्या गर्ने यस खालको समाचारको नियमन तथा कारबाहीका लागि बागलुङ जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालय, प्रेस काउन्सिल नेपाल जिल्ला प्रशासन कार्यालय र सम्बन्धित सरोकार निकाय समक्ष श्रीसले अनुरोध समेत गरेका छन ।

उनले आगामी दिनमा यस खालको अनर्गल र भ्रामक समाचार लेख्ने र प्रकाशन गर्ने कार्य नरोकिए त्यसबाट उत्पन्न हुने परिस्थीतिको सम्बन्धित पक्ष नै जिम्मेवार हुनुपर्ने समेत विज्ञप्तीमा उल्लेख गरेका छन ।

केही दिन पहिले देखी श्रीस नजोडिएको कुरामा निर्वाचनको फण्डा बनाउनका निम्ती भ्रामक समाचार प्रकाशन गरिएको प्रति पार्टीका नेता तथा कार्यकर्ताको पनि गुनासो रहेको थियो । श्रीसले आईतबार आफ्नो चुनावी अभियान बानपा ११ रायडाँडा र बानपा १० भकुण्डे र बानपा ९ तित्याङमा सम्पन्न गरेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

उद्यमीलाई बिनाधितो ऋण उपलब्ध

लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

ताजा समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप
चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप
चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत
चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत
उद्यमीलाई बिनाधितो ऋण उपलब्ध
उद्यमीलाई बिनाधितो ऋण उपलब्ध
लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग
लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

ट्रेन्डिङ

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com