बागलुङ , भित्तेपत्रिका लेखन प्रतियोगितामा आदर्श विद्यामन्दिर माध्यामिक विद्यालय प्रथम भएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङको आयोजनामा मिडिया मेलमा भित्तेपत्रिका लेखन प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा आदर्श विद्यामन्दिर माध्यामिक विद्यालय प्रथम बिद्यामन्दिर माद्यामिक विद्यालय दित्तिय र न्यु एभरेष्ट एकेडमी तित्तिय भएको भित्तेपत्रिका लेखन प्रतियोगिताका संयाेजक तथा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सृजना पन्तले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई सात हजार दित्तिय हुनेलाई पाच हजार र तृत्तिय हुनेलाई तीन हजार रुपैँया पुरस्कार प्रदान गरिएको पन्तले बताउनुभयाे ।
प्रतियोगितामा १४ वटा विद्यालय सहभागी भएको थिए ।














