Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङ नगरपालिका युसिएलजी एसिया प्यासिफिकको सदस्य

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ,१२ कार्तिक । बागलुङ नगरपालिका युनाइटेड सिटि अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्र (युसिएलजी) एसिया प्यासिफिकको सदस्य भएको छ ।

चिनको जोजजोईमा भएको काउन्सिल एजिकेटिभ बैठकबाट बागलुङ नगरपालिकाले सदस्यता प्राप्त गरेको हो । बैठकमा सहभागी हुनका लागि चिन पुगेका बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेलले युसिएलजी सदस्यताको प्रमाणपत्र लिएका छन ।

सदस्य बने सँगै युसिएलजी सँग समन्वय र सहकार्य गरी नगरपालिकामा विभिन्न कार्यक्रमहरु संचालन गरिने नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । नेपालको तर्फबाट यस अगाडी नगरपालिका महासंघ गाउँपालिका महासंघ, धुलिखेल नगरपालिका लगायतका केही स्थानिय तह सदस्य बनिसकेका छन भने यस वर्ष गण्डकी प्रदेशका तनहुँको व्यास नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिकाले पनि सदस्यता प्राप्त गरेका छन ।

नगरपालिकामा लैगिंक समानता, सामाजिक समावेशिकरण र क्षमता अभिबृद्धिका कार्यक्रम संचालनका युसिएलजी सँग सहकार्यका लागि प्रस्तावना पेश गरिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेलले जानकरी दिए । नगरपालिकाले पहिलो चरणमा जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिबृद्धिका लागि सहकार्य गर्ने जनाएको छ ।

सदस्यता प्राप्त गरे सँगै बागलुङ नगरपालिकालाई एसिया क्षेत्रमा जोड्ने काम भएको छ भने विभिन्न राष्टका स्थानिय तह सँग पनि समन्वय र सहकार्य हुने छ । युसिएलजी संस्थामा एशिया प्रशान्त क्षेत्रका स्थानिय सरकारहरू सदस्यका रूपमा रहेका छन् । संयुक्त राष्ट्रसंघबाट मान्यताप्राप्त संस्थाका रुपमा रहेको दक्षिण पूर्वी एसिया र एसिया प्रान्त क्षेत्रका स्थानीय सरकार सम्मिलित सबैभन्दा ठूलो सञ्जाल हो। यसको प्रधान कार्यालय इण्डोनेसियाको जाकार्तामा छ। स्पाकलाई स्थानीय सरकारहरुको ऐक्यबद्ध आवाजका रुपमा लिने गरिन्छ ।

१२

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ नगरपालिका भित्रका बालबालिकामा कुपोषण र रक्तअल्पताको समस्या

बागलुङ रेडक्रसको ३६ औं साधारण सभा सकियाे

बागलुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

लहरेपिपल स्वास्थ्य चौकी साढे दुई महिनामै सम्पन्न

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

बागलुङमा तासको खालबाट सात जना पक्राउ

ताजा समाचार

बागलुङ नगरपालिका भित्रका बालबालिकामा कुपोषण र रक्तअल्पताको समस्या
बागलुङ नगरपालिका भित्रका बालबालिकामा कुपोषण र रक्तअल्पताको समस्या
बागलुङ रेडक्रसको ३६ औं साधारण सभा सकियाे
बागलुङ रेडक्रसको ३६ औं साधारण सभा सकियाे
बागलुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
बागलुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
बागलुङ नगरपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई सकियो
बागलुङ नगरपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई सकियो
लहरेपिपल स्वास्थ्य चौकी साढे दुई महिनामै सम्पन्न
लहरेपिपल स्वास्थ्य चौकी साढे दुई महिनामै सम्पन्न

ट्रेन्डिङ

बागलुङ नगरपालिका भित्रका बालबालिकामा कुपोषण र रक्तअल्पताको समस्या

बागलुङ नगरपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई सकियो

बागलुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

बागलुङ रेडक्रसको ३६ औं साधारण सभा सकियाे

बागलुङमा तासको खालबाट सात जना पक्राउ

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com