Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

लहरेपिपल स्वास्थ्य चौकी साढे दुई महिनामै सम्पन्न

  • नेपाल सञ्चार
  • २ हप्ता अगाडि

बागलुङ २० असार । बागलुङमा एक स्वास्थ्य चौकीको भवन ८१ दिनमै सम्पन्न भएको छ । विकास निर्माणका काममा ढिलासुस्ती हुने जनगुनासो बढिरहेका बेला उपभोक्ता समितिको सक्रियतामा लहरेपिपल स्वास्थ्य चौकीको भवन छोटो अवधिमै निर्माण गरिएको हो ।

स्वास्थ्य चौकी निमार्ण भएसगै बागलुङ नगरपालिका–६ स्थित लहरेपिपल स्वास्थ्य चौकीले नयाँ भवनबाट सेवा दिन थालेको छ । स्थानीयले जग्गा दान गरेपछि संघीय सरकारको ७४ लाख रुपियाँ बजेट र स्थानीयको श्रमदानबाट भवन निर्माण गरिएको हो ।
अपाङ्गमैत्री एकतले सात कोठे भवनमा ओपीडी, इमर्जेन्सी उपचार कक्ष, परिवार नियोजन तथा मातृ–शिशु सेवा कक्ष, स्वास्थ्यकर्मी कक्ष र भान्साकोठासमेत निर्माण गरिएको छ । भवनमा अपाङ्गमैत्री शौचालय र सुरक्षित खानेपानीको व्यवस्था पनि गरिएको छ ।
बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले सबै वडावासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न आधुनिक भवन निर्माण गरिएको बताउनुभयो । विकासको सुचकमा स्वास्थ्य क्षेत्र महत्वपुर्ण रहेको बताउनुभयो । नागरिको स्वास्थ्यसँग जोडिएको क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो ।
जनताको बुझाईमा एकरुपता भएमा मात्र सहज विकास हुने नगर उपप्रमुख राजु खड्काले बताउनुभयो । “जव सम्म जनताको विकासबो बारेमा बुझाईमा एकरुपता आउदैन तव सम्म दिर्घकालिन विकासको लागि कठिन हुन्छ ”उपप्रमुख खड्काले भन्नु भयो । स्वास्थ्य चौकी प्रमुख विष्णुनाथ सापकोटाले पुरानो र जीर्ण भवनका कारण सेवा प्रवाहमा कठिनाइ हुँदै आएकोमा नयाँ भवनपछि उपचार सेवा सहज हुने बताउनुभयो । नियमित उपचारसँगै अब सुत्केरी सेवा समेत विस्तार गर्न सकिने उहाँको भनाइ छ । भवन निर्माणमा संघीय सरकारको ७४ लाख रुपियाँ बाहेक स्थानीयवासीले झण्डै ५ लाख रुपियाँ बराबरको श्रमदान गरेको भवन निर्माण समितिका अध्यक्ष दुर्गाबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयको सक्रिय सहभागिताले ८१ दिनमै भवन सम्पन्न गर्न सम्भव भएको थियोे ।

स्थानीयले स्वास्थ्य चौकीका लागि २ रोपनीभन्दा बढी जग्गा दान गरेका थिए । समयमै काम सम्पन्न गर्ने उपभोक्ता समिति, जग्गादाता र सहयोगीलाई सम्मान गरिएको वडा अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो । साथै, मुख्य सडकदेखि स्वास्थ्य चौकीसम्म एम्बुलेन्स तथा अन्य सवारी साधन पुग्ने गरी बाटो ढलान गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।
स्वर्गीय नरबहादुर कार्कीको स्मृतिमा उहाँकी पत्नी हिमा कार्की, छोराबुहारी नन्दबहादुर र पवित्रा कार्कीले जग्गा दान गर्नुभएको हो ।

त्यस्तै, अर्का नरबहादुर कार्कीको स्मृतिमा पत्नी कुमारी कार्की, छोराबुहारी रमेश र देवी कार्की तथा छोरी सरस्वती कार्कीले जग्गा दान गर्नुभएको छ । स्वर्गीय पहलमान कार्कीको स्मृतिमा पत्नी लिलामती कार्की र छोरी कोपिला कार्कीले तथा स्वर्गीय गोविन्द कार्कीको स्मृतिमा आमा विष्णु कार्की र भाइहरू ठगबहादुर र प्रताप कार्कीले जग्गा दान गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ढाका उद्योग मार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ नगरपालिका भित्रका बालबालिकामा कुपोषण र रक्तअल्पताको समस्या

ताजा समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
कालिकामा चित्रकला कार्यशाला
कालिकामा चित्रकला कार्यशाला
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ट्रेन्डिङ

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com