बागलुङ ,२४ भदाै । भोटेकोशी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नाग्लिवाङका टोल विकास संस्थाहरु दुई लाखभन्दा बढी सहयोग गरेका छन् ।
पर्वतको जलजला गाउँपालिका–८ नाग्लिवाङका विभिन्न टोल विकास संस्थाहरूले बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि दुई लाख चौरासी हजार ९० रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।
भोटेकोशी नदीमा भदौ १० गते आएको हिमबाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति सहानुभूति प्रकट गर्दै बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम सहयोग गरिएको हो ।
संकलन भएको उक्त रकम नाग्लिवाङ वडा कार्यालय मार्फत प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा रु. २ लाख ८४ हजार ९० रुपैया जम्मा गरिएको वडा सहजकर्ता सौरब रैग्मीले जानकारी दिनुभयो
हालै आएको बाढी तथा पहिरोका कारण प्रभावित भएका स्थानीय बासिन्दालाई राहत पुर्याउने उद्देश्यले नाग्लिवाङका २२ वटा टोल विकास संस्थाहरुले सहयोग संकलन गरेका थिए ।
।










