Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का

  • १ मिनेट अगाडि

टोकियो, जापान । बागलुङ जिल्ला सिगाना–तित्याङ घर भई हाल जापानमा बसोबास गर्दै आएका नेपालीहरूलाई संगठित गर्दै “सिगाना तित्याङ समाज जापान” गठन गरिएको छ। टोकियोमा शनिबार सम्पन्न समाज गठन तथा छलफल कार्यक्रमबाट प्रकाश खड्काको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरिएको हो।

जापानमा रहेका सिगाना–तित्याङवासी नेपालीहरूबीच आपसी एकता, भाइचारा, सामाजिक सहयोग तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले समाज गठन गरिएको बताइएको छ।

कार्यक्रमबाट वरिष्ठ उपाध्यक्षमा प्रमोद (लालसिंह) खड्का चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा भुपेन्द्र के.सी., कृष्णा खड्का र महेश जि.सी., सचिवमा शुसिल क्षेत्री, सह–सचिवमा राजु खड्का, कोषाध्यक्षमा सन्तोष खड्का तथा सह–कोषाध्यक्षमा कृष्ण खड्का चयन भएका छन्।

त्यसैगरी युवा संयोजकमा मोहन जि.सी. र सांस्कृतिक संयोजकमा विनोद खड्का चयन भएका छन्।

सदस्यहरू देवेन्द्र खड्का, जित क्षेत्री, राजिन खड्का, पुष्कर खड्का, सुजन खड्का, इश्वर खड्का, खिम बहादुर खड्का र योगेश खड्का।

नवनिर्वाचित कार्यसमितिले जापानमा रहेका सिगाना–तित्याङवासीबीच आपसी सहयोग, सद्भाव र सहकार्यलाई प्राथमिकता दिँदै सामाजिक तथा मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

समाजले आपतकालीन सहयोग, सामाजिक सेवा, सांस्कृतिक कार्यक्रम, भेटघाट तथा जन्मभूमिसँग सम्बन्धित विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्ने योजना अघि सारेको छ। साथै नेपाली कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्दै जापानमा हुर्कंदै गरेको नयाँ पुस्तालाई आफ्नो जन्मभूमि र समुदायसँग जोड्ने गतिविधिलाई समेत प्राथमिकतामा राख्ने बताइएको छ।

समाज गठनसँगै जापानमा रहेका सिगाना–तित्याङवासीहरूबीच संस्थागत रूपमा सहकार्य गर्ने नयाँ आधार तयार भएको अध्यक्ष प्रकाश खड्काले बताउनुभयो। समाजले आगामी दिनमा सबै सिगाना–तित्याङवासीलाई समेट्दै आपसी सहयोग र सामाजिक उत्तरदायित्वका गतिविधिलाई अघि बढाउने जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का

नेपाल पत्रकार महासंघ जापान शाखाको शपथ तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न

पत्रकार महासंघ जापानको अध्यक्षमा श्रेष्ठ र सचिवमा लामिछाने निर्वाचित

‘जेरी अन टप’ टिम जापानमा, टोकियोमा भव्य रेड कार्पेट प्रिमियर तयारी पूरा

जापान सरकारले, विदेशीको “व्यवसाय भिसा” को मापदण्ड कडाइका साथ संशोधन, पूँजी रकम ५००मान येन बाट ३००० मान येन

क्युशुमा बागलुङ समाज जापानद्वारा हरितालिका तीज विशेष कार्यक्रम हुने

ताजा समाचार

सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

ट्रेन्डिङ

पहिरोमा परि एक जनाको मृत्यु

सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com