Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

‘जेरी अन टप’ टिम जापानमा, टोकियोमा भव्य रेड कार्पेट प्रिमियर तयारी पूरा

  • ७ महिना अगाडि

टोकियो ,जापान ।बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको सुपर हिट नेपाली चलचित्र ‘जेरी अन टप’ अब जापानी दर्शकहरूका लागि रेड कार्पेट प्रिमियरका साथ प्रस्तुत हुन लागेको छ।

चलचित्रको भव्य रेड कार्पेट प्रिमियर आगामी नोभेम्बर ३ तारिख (सोमबार) का दिन टोकियोस्थित नाकानो जेरो हलमा आयोजना गरिँदै छ।

प्रिमियरको पूर्व सन्ध्यामा आज टोकियोमा एक पत्रकार सम्मेलन सम्पन्न गरिएको छ, जसमा चलचित्रका प्रमुख कलाकारहरू अनमोल केसी, आँचल शर्मा, जशिता गुरुङ, निर्माता रोबिन शेरचन, निर्देशक सुयोग गुरुङ लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा कलाकार अनमोल केसीले नेपाल बाहिर पनि नेपाली चलचित्रलाई हलमै प्रदर्शन गर्न सकिने वातावरण बनेमा नेपाली चलचित्र उद्योग अझ सशक्त बन्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसै गरी, निर्माता रोबिन शेरचनले चलचित्रबाट प्राप्त हुने मुनाफा पुनः नेपाली चलचित्र उद्योगमा लगानी गर्ने प्रतिवद्धताजनाउनुभयो। उहाँले जापानमा आयोजना हुन लागेको यो प्रिमियर नेपाली कला र संस्कृतिको अन्तर्राष्ट्रिय प्रचारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

पत्रकार सम्मेलनको सञ्चालन नेपाल पत्रकार महासङ्घ जापानका निवर्तमान अध्यक्ष मोहन घलेले गर्नुभएको थियो।

भोली सोमबारको प्रिमियर शो बेलुका ६:३० बजेदेखि ९:३० बजेसम्म सञ्चालन हुनेछ।

आयोजक तथा गैर आवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रोबिन प्रसाद शेरचनले जापानमा रहेका सम्पूर्ण नेपाली समुदाय, संघ–संस्था तथा समाजका प्रतिनिधिहरूलाई कार्यक्रममा गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणाको आग्रह गर्नुभएको छ।

मिति: २०२५ नोभेम्बर ३ (सोमबार)

स्थान: नाकानो जेरो हल, टोकियो

समय: बेलुका ६:३० देखि ९:३० बजेसम्म

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नेपाल पत्रकार महासंघ जापान शाखाको शपथ तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न

पत्रकार महासंघ जापानको अध्यक्षमा श्रेष्ठ र सचिवमा लामिछाने निर्वाचित

‘जेरी अन टप’ टिम जापानमा, टोकियोमा भव्य रेड कार्पेट प्रिमियर तयारी पूरा

जापान सरकारले, विदेशीको “व्यवसाय भिसा” को मापदण्ड कडाइका साथ संशोधन, पूँजी रकम ५००मान येन बाट ३००० मान येन

क्युशुमा बागलुङ समाज जापानद्वारा हरितालिका तीज विशेष कार्यक्रम हुने

बागलुङ समाज क्युस्युको अध्यक्षमा मदन शर्मा चयन

ताजा समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

श्रीमान हत्या प्रकरण : तीन जना पक्राउ

तेस्रो आदर्श कप : पहिलो दिनका खेल सकिए

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com