जापान । बागलुङ घर भई हाल जापानमा बसोबास गर्दै आउनुभएका विष्णु कुँवर लामो समयदेखि बिरामी भई उपचाररत रहनुभएको छ। उहाँको थप उपचार तथा नेपाल फर्काउन सहयोग पुगोस् भन्ने उद्देश्यले सिगाना तित्याङ बागलुङ समाज जापानले ८७ हजार जापानी येन आर्थिक सहयोग गरेको छ।
समाजका सदस्यहरूबाट स्वैच्छिक रूपमा सङ्कलन गरिएको उक्त सहयोग रकम आइतबार बिरामी विष्णु कुँवरलाई हस्तान्तरण गरिएको संस्थाका सचिव शुसिल क्षेत्रीले जानकारी दिनुभएको छ।
मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै समाजका सदस्यहरूले बिरामीको उपचार तथा स्वदेश फर्कने प्रक्रियामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम सङ्कलन गरेका हुन्।
सहयोग रकम उपलब्ध गराउनुहुने महानुभावहरूको नामावली:
१. राजेन्द्र खड्का – ५,५०० येन
२. लालसिंह खड्का – ५,००० येन
३. दोर्ना खड्का – ४,००० येन
४. राजु खड्का – ५,००० येन
५. प्रकाश खत्री – ४,००० येन
६. राजिन खड्का – ३,००० येन
७. कृष्ण खड्का – १०,००० येन
८. ईश्वर खड्का – ३,००० येन
९. सन्तोष खड्का – ४,६०० येन
१०. प्रकाश खड्का – १२,५०० येन
११. शुसिल क्षेत्री – ४,१०० येन
१२. महेश जि.सी. – ५,००० येन
१३. विनोद खड्का – ५,००० येन
१४. प्रकाश खड्का – ३,३०० येन
१५. मोहन क्षेत्री – ५,००० येन
१६. कृष्ण खड्का – ५,००० येन
१७. सन्तोष खड्का – ३,००० येन
जम्मा सहयोग रकम: ८७,००० जापानी येन।
सहयोग अभियानमा आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति सिगाना तित्याङ बागलुङ समाज जापानले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ। साथै, विष्णु कुँवरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँको उपचार सफल होस् भन्ने कामना गरेको छ।










