Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

रास्वपाको प्रथम स्थापना दिवस जापानमा सम्पन्न

  • २ वर्ष अगाडि

कावासाकी , जापान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम स्थापना दिवसको अवसरमा जापानमा पनि विभिन्न कार्यक्रम गरिएको छ ।
सो अवसरमा प्रवास नेपाली सम्पर्क विभाग जापान कान्तो क्षेत्रीय समितिले भौतिक उपस्थिति अनि भर्चुअल माध्यमबाट एक बिहीबार एक कार्यक्रम सम्पन्न गरेको छ ।
समितिका सभापति प्रेमप्रसाद कँडेलको अध्यक्षता र रास्वपा केन्द्रीय सदस्य तथा प्रवास विभाग उप-प्रमुख केशव अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा शुभकामना आदान-प्रदानसहित विगतमा गरिएका गतिविधिको समीक्षा र आगामी दिनमा गर्नुपर्ने जनपक्षीय कार्यक्रम र योजनाहरूको बारेमा अन्तरक्रिया गरिएको जापान कान्तो क्षेत्रीय समितिका महामन्त्री कमल बजगाइँले जानकारी दिए ।
सो अवसरमा रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापानका सभापति दिलेन्द्रप्रसाद जोशी र महामन्त्री खेमराज पौडेलले रास्वपाले गरेका विविध कार्यक्रमहरू, यसले जापानमा रहेका प्रवासीहरूमा पारेको प्रभाव, समिति गठनमा बढेको आकर्षणलगायतका विषयमा जानकारी दिएका थिए ।
रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापानका केन्द्रीय सदस्य प्रकाश आचार्यका अनुसार, पार्टी स्थापना दिवसको अवसरमा नै प्रवास नेपाली सम्पर्क विभाग जापानको संयोजनमा भरतपुर महानगरपालिका वडा नम्बर-५, चितवनमा रहेको बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान नेपाल (पिटुसिटु) संस्थालाई शैक्षिक सामग्री, पोशाक तथा खेलकुद सामग्री प्रदान गरिएको छ । रास्वपा भरतपुर–४ की सभापति शान्ति थापाले पार्टीको विदेश शाखाले गरेको कार्यले सिङ्गो पार्टीको उचाइँ बढ्ने विश्वास व्यक्त गरिन् ।
पिटुसिटु व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर गुरूङले बेसहारा बालबालिकाको क्षेत्रमा आउने जुनसुकै सहयोग पनि महत्वपूर्ण हुने बताए । वि.सं.२०७२ सालमा स्थापना भएको पिटुसिटुमा बेसहारा बालबालिकाले अध्ययन गर्दै आएका छन्, जहाँ ३५ जना बालकहरु छन् । यो संस्थाले बजारका सडकमा डुलेर हिँड्ने बालकहरुलाई अभिभावकत्व दिलाउँदै शिक्षादीक्षा प्रदान गर्दै आएको गुरूङले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

जापान सरकारले, विदेशीको “व्यवसाय भिसा” को मापदण्ड कडाइका साथ संशोधन, पूँजी रकम ५००मान येन बाट ३००० मान येन

क्युशुमा बागलुङ समाज जापानद्वारा हरितालिका तीज विशेष कार्यक्रम हुने

बागलुङ समाज क्युस्युको अध्यक्षमा मदन शर्मा चयन

क्यानडाका प्रधानमन्त्री ट्रुडोविरुद्धको अविश्वास प्रस्ताव असफल

क्यानडा अध्ययन गर्न जाने विद्यार्थीलाई दूतावासको सुझाव

रास्वपाको प्रथम स्थापना दिवस जापानमा सम्पन्न

ताजा समाचार

अपाङ्गता सरोकार सघ बागलुङको १२ औं साधारण सभा सम्पन्न
अपाङ्गता सरोकार सघ बागलुङको १२ औं साधारण सभा सम्पन्न
डेङ्गीलाइ नियन्त्रण तथा रोकथामका लागि  ‘खोज तथा नष्ट’ अभियान बागलुङमा सुरू
डेङ्गीलाइ नियन्त्रण तथा रोकथामका लागि  ‘खोज तथा नष्ट’ अभियान बागलुङमा सुरू
नेपाली दम्पतीलाई सम्पति शुद्धिकरणको मुद्धा
नेपाली दम्पतीलाई सम्पति शुद्धिकरणको मुद्धा
बागलुङमा ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पुरुष भलिबल प्रतियोगिता हुने
बागलुङमा ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पुरुष भलिबल प्रतियोगिता हुने
निर्माणाधिन मानवसेवा आश्रम भवन सम्पन्न गर्न श्रीमद् भागवत् सप्ताह महायज्ञ
निर्माणाधिन मानवसेवा आश्रम भवन सम्पन्न गर्न श्रीमद् भागवत् सप्ताह महायज्ञ

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com