Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नेपाल पत्रकार महासंघ जापान शाखाको शपथ तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न

  • अर्जुन लामिछाने
  • ८ महिना अगाडि

टोकियो, जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशन बाट नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघमा केन्द्रिय अध्यक्ष निर्मला शर्माले प्रवासमा थप देशहरुमा समेत शाखा विस्तारको आवश्यका रहेको बताउनु भयो ।

उहाँले प्रवाशबाट पत्रकारिता गरेपनि पत्रकार आचारसंहिता पालना गर्न सबै पत्रकारलाई आग्रह गर्नु भयो । फरक प्रसंगमा बोल्दै अध्यक्ष शर्माले तोकिएको समयमा नै निष्पक्ष निर्वाचन हुनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल, पुर्व अध्यक्ष मोहन घले, निर्वतमान अध्यक्ष शान्त पहरी, नव निर्वाचित अध्यक्ष रविन्द्र श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण, प्रमाणपत्र वितरण साथै पदभार हस्तान्तरण भएको थियो ।

छैटौं अधिवेशनले श्रेष्ठ अध्यक्ष मनिषा चम्लागाई उपाध्यक्ष, लक्ष्मि शर्मा उपाध्यक्ष, अर्जुन लामिछाने सचिव, विष्णु सापकोटा सहसचिव, फुर्वा शेर्पा सहचिव र निशान रानालाई कोषाध्यक्षमा निर्वाचित गरेको थियो ।

अधिवेसनबाट दिनेश थापा, भवानि भट्ट, रामचन्द्र गिरी, भुवन भण्डारी, दुर्गा प्रसाद आर्चाय र बिनोद ढकाललाई सदस्यमा निर्वाचित हुनुभएको थियो ।

कार्यक्रम निर्वाचन समिति संयोजक खगराज गौतमको अध्यक्षता, सदस्य खड्क गुरुङको स्वागत मन्तव्य तथा सदस्य पुर्ण चलाउनेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैगरी, नेपाल पत्रकार महासंघ जापान शाखाले ‘प्रवासमा जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग’ विषयक एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

प्रशिक्षण कार्यक्रमको सहजिकरण गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रवासमा काम गर्ने पत्रकारहरूले तथ्यपरक सूचना, पेशागत आचारसंहिता र सामाजिक सञ्जालको जिम्मेवारीपूर्ण प्रयोगमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ जापान शाखाद्वारा आयोजित कार्यक्रममा जापानभरिबाट विभिन्न सञ्चारमाध्यममा संलग्न नेपाली पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।

यसैविच, नेपाल पत्रकार महासंघ जापान शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

बैठकले संस्थापक अध्यक्ष तिलक मल्ल, पुर्व अध्यक्ष मोहन घले, निवर्तमान अध्यक्ष शान्त पहारी र अध्यक्षका निकटतम प्रतिद्वन्द्वी राजन गौतमलाई सल्लाहकारमा चयन गरेको छ ।

बैठकले महासंघ जापानमा विधिवत रुपमा दर्ता गर्ने निर्णय गर्दै आवश्यक प्रकिया अगाडि बढाउन अध्यक्ष रविन्द्र श्रेष्ठ संयोजक, शान्त पहारी र दिपक गौतम सदस्य रहेको समितिलाई जिम्मा दिने निर्णय गरेको छ ।

नेपाल पत्रकार महासंघ जापान शाखालाई अझ सक्रिय र प्रभावकारी बनाउने उद्देश्यले नेपालीहरूको बसोबास बढी रहेका तीन क्षेत्रमा ‘मिडिया समन्वय समिति’ गठन गर्ने निर्णय गरिएको छ। सोही अनुरूप नागोया क्षेत्र
भूलबहादुर राना (निशान), ओसाका क्षेत्र रामचन्द्र गिरी र तीन हिरोशिमा/फुकुओका क्षेत्र भुवन भण्डारीलाई क्षेत्रगत समन्वयकर्ताको जिम्मेवारी प्रदान गरिएको छ।

बैठकले पत्रकारिता पुरस्कार स्थापना गर्ने, पत्रकार कल्याण कोषको कार्यविधि बनाउनका लागि निवर्तमान अध्यक्ष शान्त पहरी संयोजक, सचिव अर्जुन लामिछाने र कोषाध्यक्ष भुल बहादुर राना (निसान) सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नेपाल पत्रकार महासंघ जापान शाखाको शपथ तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न

पत्रकार महासंघ जापानको अध्यक्षमा श्रेष्ठ र सचिवमा लामिछाने निर्वाचित

‘जेरी अन टप’ टिम जापानमा, टोकियोमा भव्य रेड कार्पेट प्रिमियर तयारी पूरा

जापान सरकारले, विदेशीको “व्यवसाय भिसा” को मापदण्ड कडाइका साथ संशोधन, पूँजी रकम ५००मान येन बाट ३००० मान येन

क्युशुमा बागलुङ समाज जापानद्वारा हरितालिका तीज विशेष कार्यक्रम हुने

बागलुङ समाज क्युस्युको अध्यक्षमा मदन शर्मा चयन

ताजा समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

ट्रेन्डिङ

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com