बागलुङ,१७ साउन ।गुठी युवा क्लबको आयोजनामा पाँचौं तीज मेला भदौ २८ र २९ गते चिप्लेटी बसपार्क, गुठीमा आयोजना हुने भएको छ ।
सांस्कृतिक परम्पराको संरक्षण, मनोरञ्जन तथा आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको क्लबका सचिव सुवास रुचालले जानकारी दिए । मेलामा अन्तर विद्यालय तीज गीत नृत्य प्रतियोगिता (महिला/पुरुष), सोलो बाईक प्रतियोगिता (पुरुष) , सोलो स्कुटर प्रतियोगिता (महिला), म्युजिकल चियर प्रतियोगिता (महिला) तथा घैँटोफोर प्रतियोगिता (महिला/पुरुष) सञ्चालन गरिनेछ ।
महिला समूहद्वारा मौलिक तीज गीत प्रस्तुत गरिनुका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति मेलाको मुख्य आकर्षण रहने आयोजकले जनाएको छ ।
चिप्लेटी बसपार्कको प्राङ्गणमा आयोजना गरिने मेलाको आयोजक गुठी युवा क्लब रहने छ भने बागलुङ नगरपालिका वडा नम्बर ३ को कार्यालय, चिप्लेटी महिला समूह, गुठी आमा समूह,चिप्लेटी युवा क्लब सहआयोजक रहेका छन् ।









