बागलुङ ,१३ साउन । बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट भएका छन् ।
आर्थिक वर्ष २०८२/०८३मा कुल् ८९३ मुद्दा ६९६ वटा मुद्दा फछ्यौट भएको छभने १९७ मुद्दा बाँकी रहेको बागलुङ जिल्ला अदालत बागलुङका स्रेस्तदार टिकाराम आचार्यले जानकारी दिनुभयो ।
बागलुङ जिल्ला अदालत बागलुङका न्यायधीश सिता शर्मा अधिकारीले आर्थिक गतबर्ष २०८२/०८३ मा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्धा फछ्र्यौट भएको जानकारी दिनुभयो । उहाँका अनुसार ४७३ सम्बन्ध विच्छेदका मुद्धा परेकोमा ३८५ फछ्र्यौट भएको छने ८८ मुद्धा भने फछ्र्यौट गर्न बाँकी रहेका छन् ।
जवरजस्तीकरण सम्बन्धी ३६ मुद्धा परेकोमा २३ वटा फछ्र्यौट भएका छन् भने १३ वटा बाँकी छन् । ज्यान मार्ने उद्योग सम्बन्धी १४ वटा मुद्धा दर्ता भएकोमा ८ वटा फछ्र्यौट र ६ वटा बाँकी रहेका छन् । बालविवाह सम्बन्धी ४ वटा मुद्धा परेकोमा सबै फर्छ्यौट भएका छन् । साइबर अपराध सम्बन्धी ४ वटा मुद्धा परेकोमा तीन वटा फर्छ्यौट भएका छन् भने १ वटा बाँकी रहेको छ ।
चोरी सम्बन्धी ९ वटा मुद्धा परेकोमा सबै फछ्र्यौट भएको न्यायधीश शर्माले जानकारी दिनुभयो ।सवारी ज्यान सम्बन्धी १५ वटा मुद्धा परेकोमा १३ वटा फछ्र्यौट भएका छन् भने ३ वटा बाँकी रहेको न्यायधीश शर्माले बताउनुभयो ।
बहुविवाह सम्बन्धी ११ मुद्धा परेकोमा पाँच वटा फछ्र्यौट भएका छन् भने ६ वटा बाँकी रहेका छन् । लागु औषध सम्बन्धी १२ वटा मुद्धा परेकोमा ११ वटा फछ्र्यौट भएका छन् भने १ वटा बाँकी रहेको छ ।
गत २०८१/०८२आर्थिक वर्षबाट २५१ मुद्धा जिम्मेवारी सरी आएका थिए ।









