Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

  • नेपाल सञ्चार
  • ४ मिनेट अगाडि

बागलुङ , ४ भदौ । बागलुङ नगरपालिका ३ स्थित चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने भएका छन ।

बागलुङ नगरपालिका– ४ रहेको दावगरा बसपार्कबाट लामो तथा छोटो दुरीकावसहरु संचालनमा आएसँगै चिप्लेटी बसपार्क खाली रहेको थियो ।

बागलुङ नगरपालिकाले बस तथा माइक्रोहरु नयाँ वसपार्कबाट छुटाउन सुरु गरेको थियो भने जिप तथा अन्य साना सवारी पुरानै ठाउँबाट छुट्दै आएका थिए ।

बुधबार प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यको संयोजकत्वमा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, सुरक्षा निकाय र अन्य सरोकारवालाहरुसँगको छलफल पश्चात चिप्लेटी बसपार्कबाट पिकअप जिप, ट्याक्सी र अन्य साना सवारी साधन संचालन गर्ने सहमती जुटेको छ । बजार क्षेत्रका सवै वडाका वडाअध्यक्ष सहितको बैठकले चिप्लेटी बसपार्कलाई जिप पार्क र अन्य सवारी साधन पार्किङको रुपमा संचालन गरिने सहमती जुटाएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए ।

उपल्लाचौरमा नयाँ वसपार्क निर्माणसँगै त्यहाँबाट बस तथा माइक्रो र इभी माईक्रोहरु संचालनमा आएपछि चिप्लेटी क्षेत्र खाली अवस्थामा रहेको थियो । स्थानियको मागलाई सम्बोधन गर्दै यहाँबाट जिप, ट्याक्सी र गाउँबाट आउने पिकअप जिप संचालनमा ल्याइने नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
यहाँबाट साना यातायातका साधनहरु संचालनमा आएसँगै बजार क्षेत्रमा ट्राफिक समस्या पनि कम हुने विश्वास लिईएको छ ।
हाल बा.नपा २ जिपपार्कबाट जिपहरु छुट्नुका साथै पार्किङ हुँदै आएका छन भने, ट्राफिक चोकमा ट्याक्सीहरु पार्किङ हुँदै आएका छन । साना सवारी साधनका लागि यथाशिघ्र छिटो आवश्यक पुर्वाधारको व्यवस्थापन गरी चिप्लेटी बसपार्कबाट नै छुट्ने र यही पार्किङ गर्ने गरी तयारी थालिएको हो । गाउँबाट आउने पिकअप जिपले यात्रुलाई जथाभावी ओराल्ने र चढाउने गर्दा बजार क्षेत्रमा ट्राफिक समस्या बढ्दै गएको थियो ।
सर्वपक्षिय बैठकबाट गरेको सहमतीलाई थप व्यवस्थापन गरेर प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने धौलागिरी कालिका यातायात प्रा.लीका अध्यक्ष दिनेश बोहोराले बताउँछन ।

उनले बजार क्षेत्रको व्यापार व्यवसायीलाई असर नगर्ने र यात्रुलाई सहज हुने गरी निश्चित समय निर्धारण गरेर जिप तथा पिकअप र ट्याक्सीलाई बजार क्षेत्रमा यात्रु ओराल्न र राख्नका निम्ती व्यवस्थापन गर्नुपर्ने बताए ।
बोहोराले प्रशासन र नगरपालिकाले गरेको निर्णयलाई व्यवसायीहरुले सधै साथ दिएको र व्यवसायीलाई पनि सरोकारवाला निकायले साथ दिनुपर्ने बताए ।

विगत २४ वर्षदेखि सञ्चालित ‘चिप्लेटी बसपार्क’ लाई गत भदौ देखी खाली गरिएको थियो । चिप्लेटी बसपार्कलाई दाबगरामा बनेको बागलुङ बसपार्कमा स्थानान्तरण गरिएपछि यस क्षेत्र सुनसान बनेको थियो । यस क्षेत्रका वडा अध्यक्ष स्थानिय र व्यवसायी सहितले यस क्षेत्रमा बसपार्क वा जिपपार्क संचालन गरेर व्यवसायलाई चलयमान गराउनुपर्ने माग राख्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा करेन्ट लागेर एक जना घाईते

ताजा समाचार

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने
बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने
बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट
बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

ट्रेन्डिङ

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com