बागलुङ, ०६ असोज । बागलुङमा चाडपर्वलाई लक्षित गरि यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
बागलुङका चारवटा ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय बागलुङ प्रहरी नायब निरीक्षक मिन बहादुर कुँवरले जानकारी दिनुभयो । यात्रुलाई सहजरुपमा यात्रा गर्न सकुन भन्ने उद्देश्यले स्थापना गरिएको प्रनानिकुँवरले बताउनुभयो ।
चाडपर्वको बेलामा यात्रुले विभिन्न सास्ती पाउन सक्ने भन्दै बागलुङ नगरपालिका १ मालढुंगा, बागलुङ नगरपालिका २ समिट चोक, गलकोट नगरपालिका ३ हटियाबजार, ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
चाडपर्वको समयमा भाडाका कारण यात्रु ठगिने, यात्रुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुनेलगायतका समस्या कम गराउनका लागी सहायता कक्ष स्थापना गरिएकाे प्रनानि कुँवरको भनाइ छ ।














