बागलुङमा ४४ औं मगर दिवस मनाईएको छ । नेपाल मगर संघको ४४ औं स्थापनादिवस फागुन १५ को अवसरमा मगर एकतादिवस तथा मगर दिवस २०८२ मनाईएको हो ।
नेपाल मगर संघ बागलुङ नगरसमितिको मुख्यआयोजना र नेपाल मगर विद्यार्थी संघ बागलुङ, नेपाल मगर विद्यार्थी संघ धौलागिरि बहुमुखी क्याम्पस इकाई समिति बागलुङ, मगर समाजसेवा गुठी, भकुण्डेटोल मगर समुह, नेपाल मगर सांस्कृतिक संघ बागलुङ, मिनामलाङ्घाली बागलुङ, उद्यमशिल मगर महिला समुहबागलुङ, करवाकेलीपुन मगर समाज बागलुङ देउरालीचोक मगर आमा समुहलगायतका संघ संस्थाको सहआयोजनामा मगर दिवस मनाईएको हो ।
मगर दिवसको अवसरमा आयोजित ¥याली नेपाल मगर संघ बागलुङको सभाहलमापुगेर कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममाबोल्दै नेपाल मगर संघ बागलुङका सल्लाहकार एवं पूर्व केन्द्रीय सदस्य तेजेन्द्र थापाले मगर समुदायको हकअधिकारका लागि मगरहरु संगठित भएको दिनलाई उत्सवको रुपमामनाउनुपर्ने बताए ।
‘राज्यको मूलप्रवाहीकरणबाट पछाडि पारिएका मगरहरुले आफ्नो हकअधिकारका लागिआजाज उठाउन सुरु गरेको दिनहो, यसलाई हामीले उत्सवको रुपमा मनाउनुपर्छ,’उनले भने,‘यो दिनमाउत्सवमात्रै मनाउने होईन हामीले प्रेरणा लिएर अगाडि पनि बढ्नुपर्छ । हाम्रो भाषा संस्कृतिमाथिभएको अतिक्रमणलाई रोक्नकालागिहामीआफै लाग्नुपर्छ ।’
मगर समुदायले प्राप्तगर्ने आफ्नो हकअधिकार अझै पनि पूर्ण रुपमाप्राप्तनभईसकेकाले थप एकतावद्ध भएर अगाडि बढ्नुपर्ने उनको भनाई थियो ।
नेपाल मगर संघ बागलुङ नगर समितिकाअध्यक्ष हिराबहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मगर विद्यार्थी संघ बागलुङका अध्यक्ष कृष्ण अठारे मगर र सञ्चालन नेपाल मगर सांस्कृतिक संघका सचिव याम दिप पुनले गरेका थिए ।
नेपालको जनगणना २०७८ को तथ्याङ्क अनुसार पनिकुल २० लाख १३ हजार चार सय ९८ अर्थात ६.९ प्रतिशतकुल जनसंख्या रहेको छ । यो नेपालको जातिगत जनसंख्यामा तेस्रो धेरै जनसंख्या जाति हो ।
नेपालको एकीकरणपूर्व आफ्नै भाषा, आफ्नै राज्यआफ्नै संस्कार संस्कृति र चालचलन रहेको मगर समुदाय त्यसपछि एकीकरणपछि बिस्तारै किनारामा पर्दै आएको मगर समुदायले महसुस गरेका छन् ।
पृथ्वीनाराण शाहकै राज्यविस्तार अभियानलाई सहयोग गरिरहेका मगर समुदायलाई राज्यले नियोजित रुपमा अतिक्रमण गरेर भाषा, कला संस्कार संस्कृति र पहिचानलाई मेट्ने काम गरेको उनीहरुको गुनासो छ । राज्यको बहिस्करणमा परेका मगर समुदायले २०३९ सालफागुन १५ गते तनहुँको दमौलीमा पहिलो पटक मगर संघको महाधिवेसन भएको दिनलाई स्मरण गर्दै मगर दिवस मनाउने गरेका छन् । मगरहरुको इतिहास गर्विलो छ ।
राणा शासनको विरुद्धमा पहिलो पटक आमनागरिकलाई गोलबन्दगर्दै प्रजातन्त्रकालागिआफ्नो ज्यानको बलिदानीदिएकाप्रथम सहिद क्याप्टेन लखनथापा समुदायकै हुन् । मगर अगुवाहरुले १९९७ देखि नै मगरहरुलाई गोलबन्दगर्ने प्रयास भने गर्दै आएका भेटिन्छ । १९९७मादार्जिलिङमा मगरहरु संगठित हुने प्रयास गरेका थिए । २०१२ सालमागुल्मीको भार्सेको मगरगाउँमा गिरीप्रसाद बुढाथोकीको अध्यक्षतामा मगर सुधार संघ गठन भयो । २०१३ सालमाम्याग्दीमाविपत्तीमापरेकालाई सहयागग र्ने उद्देश्यले मेजर टेकबहादुर पुनमगरको नेतृत्वमा मगर भेलाभएको थियो । २०१४ सालफागुनमा मगर सुधार संघको पश्चिमाञ्चल सम्मेलनले गिरीप्रसाद बुढाथोकीमगरलाई सभापति बनायो ।
२०१३ सालमा रणबहादुर आलेमगरले गोर्खामा मगर भेला गरेका थिएभने २०१३ मै एकदेव आलेमगरले तनहुँमा मगर भेला गरे । २०१४ मातनहुँको कुलुङ गाउँमा एकदेव आलेमगरकै नेतृत्वमा मगर सम्मेलन भयो । २०१७ को पञ्चायतीशासन सुरु भएपछि राजनीतिकर सामाजिक संघ संस्थाहरु माथि प्रतिवन्ध लाग्यो । त्यो बेला वनभोज लगायतका कार्यक्रम गरेर मगरहरुलाई प्रशिक्षित गर्ने काम भए । २०२८ माअध्यक्षखिलध्वजथापामगर, उपाध्यक्षमाया रानामगर र महासचिवकुलबहादुर रानामगर (केवि राना) रहेको लाङ्घाली परिवार काठमाडौंमा गठन भयो । २०३२ सालमा कानुङ लाङ्घाली परिवार रुपन्देहीमाबन्यो । २०३५ सालतिर बागलुङ, सुर्खेत, बाँके, दैलेख, पाल्पालगायतकाजिल्लामा मगर सुधार समिति बने कास्कीमालाङ्घाली परिवार बन्यो । २०३६ मा काठमाडौंमाअध्यक्ष डा. हर्षबहादुर बुढामगर रहेका लाङ्घाली परिवार बन्यो ।
२०३८ साल माघ २८ देखि २९ गते रुपन्देहीको बुटवलमा भएको भेलाले बाबुराम रानामगरको अध्यक्षतामा कानुङ लाङ्घाली परिवारको केन्द्रीय तदर्थ समिति बनायो । २०३८ सालमाकानुङ लाङ्घाली परिवार र लाङ्घाली परिवारलाई गाभेर नेपाललाङ्घाली परिवार संघको केन्द्रीय तदर्थ समिति बन्यो । त्यहीतदर्थ समितिले पञ्चायतीशासनको घेरबन्दीकाबीच २०३९ सालफागुन १५ गते तनहुँको दमौलीमा हजार मगर समुदायको उपस्थीतिमा ऐतिहासिक प्रथमअधिवेसन गरी म्याग्दीका हेमबहादुर पुन मगरको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय समितिनिर्माण ग¥यो । जसको सदस्यमा बागलुङका यामबहादुर श्रीस मगर पनि थिए । त्यही दिनको सम्झनामा हरेक वर्ष फागुन १५ मा मगर दिवस मनाउँदै आईएको छ ।














