Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पाँच महिने छोरी हिमानीको जीवनरक्षाका लागि सहयोगको अपिल

  • २ वर्ष अगाडि

बागलुङ। बागलुङको तमानखोला गाउँपालिका—१ का केशबहादुर अर्गेजा मगरले छोरीको जीवन रक्षाका लागि सहयोगको अपिल गरेका छन् । आफ्नो ५ महिनाकी छोरी हिमानी अर्गेजामगरको कलेजोमा समस्या देखिएको र उपचारका लागि ठूलो रकम लाग्ने भएकाले सहयोगका लागि अपिल गर्नुपरेको उनले बताए ।

हिमानीको अहिले कान्ति बाल अस्पताल काठमाडौंमा आईसियुमा राखेर उपचार भइरहको छ । त्यहाँका डाक्टरका अनुसार हिमानीको उपचारका लागि कलेजो प्रत्यारोपण मात्रै विकल्प भएकाले आर्थिक अभावमा सहयोगको याचना गर्नु परेको उनले बताए ।

‘काठमाण्डौक वीर अस्पताल र टिचिङ अस्पतालमा पनि प्रयास गर्यौँ, अहिले कान्ति बाल अस्पतालमा राखेको छु’उनले भने,–‘अब छोरीलाई बचाउने हो भने कलेजो प्रत्यारोपण गरे मात्रै सम्भव छ भनेर डाक्टरले भनेका छन् । त्यो पनि यहाँ हुँदैन भारत लैजानुपर्छ रे ।’ अर्गेजामगरले छोरीलाई भारतको एपोलो अस्पतालमा लगेर कलोजो प्रत्यारोपण गर्नुपर्ने भनेर डाक्टर भनेको र त्यसका लागि ४५ लाख बढि खर्च लाग्ने भएकाले सहयोगको अपिल गरेको बताए ।

‘सानो खर्चमा उपचार हुन्थ्यो भने जसरी तसरी गर्थें होला, बुर्तिबाङ देखाउँदा यहाँ कान्तिमा पठाईदियो, अहिले यहाँबाट भारत लैजा भनेको छ । उनले भने–‘कलेजो फेर्नका लागि ४५ लाख खर्च लाग्छ रे । म गाउँमा खेती किसानी गरेर बस्ने मान्छेले कसरी जुटाउनु त्यत्रो पैसा ?’ बाउ आमा गाउँमै खेती किसान गरेर जिविकोपार्जन गर्दै आएकाले हिमानीको उपचारमा आर्थिक समस्या भएको आफन्त गोपी गगन पुनले बताए ।

‘परिवारको आर्थिक अवस्था निकै कमजोर छ, खेती किसानी गरेर बिहान बेलुकाको छाक टार्ने परिवार हो,’उनले भने–‘देश विदेशमा रहनुभएका सहयोगी मनका धनी व्यक्तिहरुले आर्थिक सहयोग गर्नुभयो भने नानुलाई बचाउन सकिएला भनेर सहयोगको अपिल गरेका छौँ।’ सहयोग गर्न चाहानेहरुले हिमानीका बुबा केशबहादुर अर्गेजाको ग्लोबल आईएमई बैङ्क गोंगबु शाखा काठमाण्डौमा रहेको खाता नम्बर ०३३०९०१२४२०६५२ मा सिधै सहयोग रकम जम्मा गर्न सक्नेछन् ।

कसैले सहयोगका लागि सम्पर्क गर्नुपरेमा ९८६७६४३२२५, ९८४९४६१३३९ मा सम्पर्क गरी सहयोग गर्न सकिनेछ । गत चैत ७ गतेदेखि गम्भीर समस्या देखिएकी हिमानीको अहिले कान्ति बाल अस्पताल काठमाडौंमा आईसियुमा राखेर उपचार गरिएको छ । अस्पतालका डाक्टरले कि कलेजा प्रत्यारोपणका लागि भारत लैजान कि घरमा लैजान भनेको बताईएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com