Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

विद्यालयका चमेनागृहसमेत सफा हुँदैनन् 

  • २ वर्ष अगाडि

बागलुङ । बागलुङमा रहेका अधिकांस विद्यालयका चमेनागृह सफा नभएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा विद्यालको अनुगमन गर्ने क्रममा यस्तो भेटिएको हो ।

 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक साहन्सा कुमार मेहेता, उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, बागलुङ नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पारसिङ थापा र पत्रकार सहितको अनुगमन टोलीले विद्यार्थीको स्वास्थ्यमा खेलवाड हुने गरी चमेनागृह संचालनमा ल्याइएको भेटिएको हो ।

बागलुङ नगरपालिका वडा नम्बर ३ राधाकृष्ण टोलमा रहेको विद्यामन्दिर माध्यामिक विद्यालयमा अस्वस्थकर खाजा विद्यार्थीलाई खुवाएको पाइएपछि बिहिबार नगरपालिकाको वडा नम्बर १ र २ मा रहेका विद्यालयमा अनुगमन गरिएको हो ।

विद्यालयमा गरिएको अनुगनको क्रममा ५ दिनअघि म्याद सकिएर बिग्रेका चाउमिन पकाएको, सरसफाइ नभएको र मूल्य सूची नराखी विद्यार्थीलाई महंगो मूल्यमा बिक्री गरेको भेटिएको हो । ती विद्यालयका विद्यार्थीलाई चमेनागृहमा प्रवेश गर्न नदिने गरिएको समेत बालबालिकाले बताए ।

अनुगमन टोलीले विद्यार्थीको स्वास्थ्यमा खेलवाड हुने गरी चमेनागृह संचालनमा ल्याइएको भेटिएको हो । सरसफाइ नहुँदा विद्यार्थीले खाने खाजा प्रदूषित हुने गरेको हो । म्याद सकिएको चाउमिन पनि नष्ट वा फिर्ता नगरी पकाउने अवस्थामा राखेको भेटेपछि टोलीले नष्ट गरेको थियो ।
सदरमुकामकै चर्चित मार्ट पसलबाट लगेका सामान समेत म्याद गुज्रेका थिए । कतिपयले दुईचार दिन म्याद रहेको सामान ठूलो परिणाममा बेचेको पनि भेटिएको हो । ‘म्याद गुज्रेका सामानबाट पकाएको खाजाले बालबालिका बिरामी परे भने को जिम्मेवार हुने ?,’ सहायक प्रजिअ बरालले भने, ‘उनीहरुलाई तत्काल प्रशासनमा उपस्थित हुन लगाइएको छ ।’ मूल्य सूची नै नराखी विद्यार्थीलाई दिने खाजामा ५० देखि १ सय रुपैयाँसम्म शुल्क लिएर कालोबजारी गरेको देखिएको उनले बताए ।


विद्यालयभित्र चलेको चमेनागृह दर्ता कसैले पनि गरेका छैनन् । तर उनीहरुले चर्को मूल्यमा सामान बेच्ने, सूची नराख्ने अवस्था हेर्दा शैक्षिक संस्थामै व्यापार भएको खाद्य निरीक्षक साहन्सा कुमार मेहेताले बताए । त्यस बाहेक उनीहरुले बालबालिकालाई जथाभावी राखेर खुवाउने, भाडा धुने स्थान पनि सफा नदेखिने, पकाउने कोठा साँघुरा र तेलले पोतिएर फोहोर भएको अवस्थामा भेटिएपछि सबैलाई सचेत गराइएको हो । उनीहरुलाई पटक पटक अनुगमनमा यस्तै भेटिएमा कानून बमोजिम जरिवाना गर्ने, कालोबजारीमा मुद्दा चलाउन सकिने चेतावनी दिइएको हो ।
कतिपय चमेनागृहमा अखाद्य वस्तु, शौचालयमा राख्नुपर्ने सामान राखेको भेटिएको थियो । चमेनागृहमा काम गर्ने कामदारले श्रम ऐन अनुसार पारिश्रमिक पनि नपाएको भेटिएको हो ।

चमेनागृहमा काम गर्ने कामदारले श्रम ऐन अनुसार पारिश्रमिक पनि नपाएको भेटिएको हो । ‘छोराछोरी पढाएको, खानबस्न दिएकोले थोरै तलब दिएको भन्ने पनि आयो,’ बरालले भने, ‘त्यो हो भने पनि उनीहरुको कागजात खुल्नुपर्छ ।’ ७ हजार दिएर कामदार राखिएको पनि भेटिएको उनले बताए । श्रमशोषण गरेर काममा लगाउन नपाइने उनले बताए ।
त्यसैक्रममा सदरमुकामकै लखन मार्टबाट बिक्री गरिएको केही सामान म्याद गुज्रेको भेटिएपछि गरिएको अनुगमनमा खाने तेल, सस लगायतका सामान नष्ट गरिएको थियो । जिरा, धनिया र काजुमा मूल्य सूची नराखेको, राखेको सूची पनि पर्मानेन्ट कलमले मेटेको भेटिएको थियो । ती मूल्य मेट्ने काम पसलमा नभई सप्लायर्सले गरेको बताएपछि सप्लायर्सलाई पनि झिकाइएको थियो । उनीहरुलाई कालोबजारी गरेको आरोपमा मुद्दा चलाइने बरालले जानकारी दिए ।


चाडपर्वहरु नजिक आइपुग्दा बजारमा कालोबजारी बढ्ने, मूल्य सूची नराखेका सामान बेच्ने र अखाद्यबस्तु बेच्ने गरेको भेटिन थालेको भन्दै प्रशासनले अनुगमन बढाएको छ । साथै, खाद्यवस्तुप्रति नागरिक सचेतना बढाउनुपर्नेसमेत प्रशासनले आग्रह गरेको छ । प्रशासनले अन्य संस्थाको सहकार्यमा उपभोक्ता सचेतना कार्यक्रम संचालन गरेर आम नागरिकको स्वास्थ्यमा सुधार गर्न आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com