Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

विद्यार्थीहरूको रोजाईमा धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ ,!) c;f]h । बागलुङको धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानले प्राविधिक जनशक्ति उत्पादनमा अग्रणी भुमिका खेलेको छ।  माध्यमिक शिक्षा परीक्षा (एस इ ई) पछि प्राबिधिक शिक्षा पढेर छोटो समयमानै राम्रो रोजगारीको अवसर प्राप्त हुने भएको कारण विद्यार्थीहरू प्राबिधिक शिक्षा अध्ययन गर्ने गरेका छ्न् eg] प्राबिधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको रोजाईमा यो प्रतिष्ठान पर्ने गरेको छ ।

प्रतिष्ठानमा अध्ययन हुने विभिन्न प्रकारका प्राविधिक विषयबाट उत्पादित जनशक्ति विभिन्न सरकारी सेवामा समेत कार्यरत छन्।

बागलुङ नगरपालिका ४ द्वारे गौडामा सञ्चालित ३ वर्षे प्रविणता प्रमाणपत्र तह सामान्य चिकित्सा,३ वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, ३ वर्षे प्रविणता प्रमाणपत्र तह पशु विज्ञान, ३ वर्षे प्रविणता प्रमाणपत्र तह बाली विज्ञान, ३ वर्षे प्रविणता प्रमाणपत्र तह सिभिल इन्जिनियरिङ, ३ वर्षे प्रविणता प्रमाणपत्र तह इलेक्ट्रिकल इन्जिनियरिङ तथा छोटो अवधिको ३ महिने केयर गिभर तालिम प्रतिष्ठानले अध्यापन गराउँदै आएको छ।

प्रतिष्ठानमा पढेका विद्यार्थीहरू विभिन्न स्थानीय तह तथा स्वास्थ्य चौकीहरूमा जागिर खाइरहेका छन् भने कतिपय स्वरोजगार छन्। यहाँ पढेका खाली बस्न नपरेको क्याम्पस प्रमुख गणेशजंग गोदार बताउँछन् ।
प्रतिष्ठानले सामान्य चिकित्सा मा ४०, मेडिकल ल्याब टेक्नोलोजीमा ३०, पशु विज्ञानमा ४०, बाली विज्ञानमा ४०, सिविल इन्जिनियरिङमा ४८ , इलेक्ट्रिकल इन्जिनियरिङ्गमा पनि ४८ जनाको कोटा पाएको छ ।

छोटो अवधिको तीन महिने केयर गिभर तालिममा भने एक समूहमा २० जनाले तालिम लिन पाउने प्रमुख गोदारले जानकारी दिए।

यहाँ पढेका धेरै जनशक्ति उच्च शिक्षामा समेत रहेका छन्।

आफ्नै अस्पताल नहुँदा प्रतिष्ठानमा सञ्चालित नर्सिङ कार्यक्रम भने अहिले नरहेको अध्यक्ष श्रीप्रसाद शर्माले बताए।
अस्पताल सञ्चालनको लागि ठूलो लगानी र धेरै संरचना चाहिने भएकोले तत्काल सञ्चालन गर्न नसकेको कारण सरकारको मापदण्डअनुसार नर्सिङ कार्यक्रम सञ्चालन हुन नसकेको अध्यक्ष शर्माले बताए । उनले सीमित समुहको स्वार्थ र राज्यको नितिको कारण नर्सिङ पढाई नहुदा विद्यार्थीहरू निरास बनेको बताए ।

तत्कालीन धौलागिरी अञ्चलमा प्राविधिक शिक्षाको आवश्यकता देखेर २०६५ सालमा यस क्षेत्रका शैक्षिक एवं सामाजिक व्यक्तिहरूको सक्रियतामा प्राविधिक शिक्षामा माध्यमदेखि उच्च स्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रतिष्ठानको स्थापना गरिएको थियो ।

प्रतिष्ठानमा साविकको धौलागिरी अञ्चलका बाग्लुङ पर्वत म्याग्दी, मुस्ताङ सहित त्यसका विभिन्न जिल्लाहरूबाट विद्यार्थीहरु आउने गरेका छन् ।
उत्कृष्ट नतिजा, भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षाको कारण नै देशका विभिन्न जिल्लाहरूबाट समेत विद्यार्थीहरू यहाँ आउने गरेको शर्माले दाबी गरे। मूलकुराबाट साभार

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com