बागलुङ । सङ्घीय सरकारको विशेष अनुदानमा बागलुङको काठेखोला गाउँपालिकाको रेशमा पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरिएको छ । रु तीन करोड ६४ लाख ६५ हजारको लागतमागतवर्षदेखि अस्पताल भवननिर्माण सुरु गरिएको थियो । काठेखोला – ७ स्थित रेश वडा कार्यालय नजिकै उक्त अस्पताल निर्माण गरिएको हो ।
गाउँपालिकाले अन्यदुई स्थानमा आधारभूत अस्पताल निर्माण गरेको छ । बिहुँमा बनाएको बिहुकोट आधारभूत अस्पताल उद्घाटन भइसकेको छभने रेशमा पाँच शय्याको अस्पताल भवनलगत्तै सेवा दिनेगरी निर्माण गरिएको काठेखोला–७का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।
नागरिकलाई जटिल प्रकारको स्वास्थ्य समस्या देखिए बागलुङ बजार लैजानुपर्ने बाध्यताको अन्त्यगर्न अस्पताल बनाइएको उहाँले बताउनुभयो । गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था, पायक पर्ने टाढाका रहेका गाउँनागरिकलाई लक्षित गरी रेशमा अस्पताल बनाएपछि सहज हुने छभने तत्कालै सेवा विस्तारमा पालिकाले ध्यानदिने काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले बताउनुभयो ।
गाउँगाउँमा आधारभूत स्वास्थ्यएकाइ स्थापना भएपछि उपचारकालागि सहज भएपनि सेवाको गुणस्तर र जटिल खालका उपचार पनि गाउँमै गर्ने वातावरण मिलाउनकालागिआधारभूत अस्पताल निर्माण गरिएको उहाँको भनाइ छ । आधारभूत अस्पतालमा मेडिकल अधिकृतसहितको सेवादिन पालिकाले पहल गरेको अध्यक्ष थापाले बताउनुभयो । रासस