Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

अवैध रुपमा कालिगण्डकी नदिमा माछा मार्ने पक्राउ

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ, १२ फागुन । अवैध रुपमा कालीगण्डकी नदीमा करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ परेका छन् ।

बागलुङ नगरपालिका वडा नं. ४ ढोडेनीस्थित कालीगण्डकी नदी किनारमा आईतबार राती साढे १० बजे करेन्ट लगाएर माछा मारिरहेका बेला चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) विजय यादवले जानकारी दिए ।

पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका वडा नं. ८ का ३४ वर्षीय गोकुल गौतम, सोही ठाउँका ३० वर्षीय किस्मत पुन, ३७ वर्षीय दिलबहादुर मगर र वडा नं. ७ का आर्यन शर्मा रहेको डिएसपि यादवले बताए ।

कालीगण्डकी नदी किनारमा ब्याट्री मार्फत करेन्ट प्रवाह गरी अवैध रूपमा माछा मार्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरेको १२ भोल्टको ब्याट्री एक थान, सेतो तार बेरिएको आल्मुनियमको स्ट्रिक दुई थान, जालीसहितको कुँडुलो दुई थान बरामद गरिएको डिएसपी यादवले जानकारी दिए ।

पक्राउ परेका चारै जना विरुद्ध जिल्ला प्रशासन कार्यालय बागलुङमा जलचर संरक्षण ऐन २०१७ अन्तर्गतको कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

जलचर संरक्षण ऐन अनुसार कुनै समात्ने वा मार्ने अभिप्रायले जानि जानि जलमा वा त्यसको आसपासमा कुनै किसिमको विद्युतीय धार, विष्फोटक पदार्थ वा विशालु पदार्थको प्रयोग गर्नु हुँदैन भन्ने व्यवस्था रहेकाले कोही–कसैले माछा मार्ने उदेश्यले खोला नदीमा करेन्ट नलगाउनसमेत प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ताजा समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

ट्रेन्डिङ

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com