Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पर्यटन र जलविद्युतमा लगानी धौलागिरि क्षेत्र उपयुक्त छ : अध्यक्ष ढकाल

  • नेपाल सञ्चार
  • ११ महिना अगाडि

बागलुङ ,१५ चैत । नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र ढकालले व्यवसायीको माग अनुसार बैंकहरुले व्याज घटाएर लगानीको वातावरण बन्न थालेको बताएका छन् । लगानी बढाउन सरकारले पनि चासो देखाएको उनको भनाइ छ ।

बागलुङ उद्योग बाणिज्य संघको ६१ औं वार्षिक साधारणसभा, १९ औं अधिवेसन तथा हिरक जयन्ती सम्मान कार्यक्रमको उद्घाटन गर्दै कोरोना पछि पहिलो पटक लगानीको वातावरण बनेको बताए । विश्वव्यापी आर्थिक संकटको असर नेपालमा कम हुदै जान लागेको पनि उनले बताए । महासंघकै पहलमा प्रधानमन्त्री सहित मन्त्री र सांसद भेटेरै लगानीका अबसर खोज्न आग्रह गरेको र सरकारले पनि सोही अनुसारको वातावरण बनाइरहेको बताए । पछिल्लो समय तरलता थुप्रिएकोले त्यसको सदुपयोगमा बैंकहरु अग्रसर भएको उनको भनाइ छ ।

‘यतिबेला बैंकहरु लगानीको क्षेत्र खोज्दैछन्’ ढकालले भने, ‘महासंघकै माग अनुसार बैंकहरुले व्याजदर घटाएका छन् ।’ यतिबेला व्यवसायीले लगानीका ढोका खोल्नुपर्ने उनले बताए । गतबर्ष ढोरपाटन उपत्यकामा भएको महासंघको कार्यकारिणी बैठकको निर्णयलाई बैंक र सरकारले चासो दिएकै कारण लगानीमैत्री वातावरण बनेको उनको भनाइ छ ।

गतबर्ष ढोरपाटनमा भएको महासंघको कार्यकारिणी बैठकमा ढकालले १० अर्बको मेगा परियोजना संचलन गर्ने समेत घोषणा गरेका थिए । सोही घोषणा अनुसार उनले काम अगाडि बढेको पनि बताए । उक्त घोषणा अनुसार उनले हाल बागलुङ बजारमा ३० करोड लगानीमा ईला कम्फट होटल पनि संचालनमा ल्याएका छन् । अब रेमिट्यान्सको मात्र भर नपरी धौलागिरि क्षेत्रमा पर्यटन र जलविद्युतमा लगानी गर्ने बेला आएको पनि उनले बताए । त्यसमा व्यवसायीलाई लगानी गर्न उनले आग्रह पनि गरे ।

ढकालले नयाँ“ सोच र परियोजना बनाएर पूजि अभावमा रोकिएका उद्यमीलाई महासंघले सघाउने पनि बताए । त्यसकालागि महासंघले बैंक तथा सरकारस“ग लगानीकोलागि पहल गरेको बताए । परियोजनाले युवालाई सीप बिकास गरेर स्वदेशमै रोजगारकालागि बस्ने वातावरण बनाउन लागेको पनि बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य जित बहादुर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचन, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य युवराज राजभण्डारी, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल,चितवन उद्योग वाणिज्य संघका अध्यक्ष, सुमन कुमार श्रेष्ठ,बागलुङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिका अध्यक्ष अर्चना पालिखे लगातले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलको अध्यक्षता वरिष्ठ उपाध्यक्ष राजन कुमार श्रेष्ठको धन्यवाद मन्तव्य र महासचिव ऋषिराम गौतमको संचालनमा सम्पनन भएको थियो । त्यसकालागि आवस्यक तालिमका योजना बनिसकेको उनको भनाइ छ । उक्त अबसरमा बागलुङ उद्योग बाणिज्य संघले प्रदान गर्ने आर्थिक खोजमुलक पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजाल सहित उत्कृष्ठ उद्योगी, व्यवसायी संघका पूर्व अध्यक्षहरु सम्मानित भए । संघको नयाँ नेतृत्व चयनको लागि शनिवार विहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने निर्वाचन संयोजक वरिष्ठ अधिवत्त भुमिश्वर गौतमले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा चार लाख बढि मतपत्र आईपुगे

बागलुङमा ५९ वटा इजानत पाप्त हातहतियार बुझाए

बागलुङको कालिमाटिमा पहरा खोपेर मौदगल्य ऋषिको मुर्ति निर्माण

नेकपा एमालेका उम्मेदवार हिराबहादुर केसीले गरे प्रतिबद्धता पत्र सार्वजनिक

राष्ट्रिय गुमेको गौरव फिर्ता गर्ने अभियान हो – उम्मेदवार खड्का

धवलागिरि प्रादेशिक अस्पतालमा मनोरोग सम्बन्धी परामर्श र उपचार सेवा सुरु

ताजा समाचार

बागलुङमा चार लाख बढि मतपत्र आईपुगे
बागलुङमा चार लाख बढि मतपत्र आईपुगे
बागलुङमा ५९ वटा इजानत पाप्त हातहतियार बुझाए
बागलुङमा ५९ वटा इजानत पाप्त हातहतियार बुझाए
बागलुङको कालिमाटिमा पहरा खोपेर मौदगल्य ऋषिको मुर्ति निर्माण
बागलुङको कालिमाटिमा पहरा खोपेर मौदगल्य ऋषिको मुर्ति निर्माण
निर्वाचनको समयमा सरकारी सवारी साधनको दुरुपयोग नगर्न उपभोक्ता मञ्च बागलुङकोे अपिल
निर्वाचनको समयमा सरकारी सवारी साधनको दुरुपयोग नगर्न उपभोक्ता मञ्च बागलुङकोे अपिल
नेकपा एमालेका उम्मेदवार हिराबहादुर केसीले गरे प्रतिबद्धता पत्र सार्वजनिक
नेकपा एमालेका उम्मेदवार हिराबहादुर केसीले गरे प्रतिबद्धता पत्र सार्वजनिक

ट्रेन्डिङ

धवलागिरि प्रादेशिक अस्पतालमा मनोरोग सम्बन्धी परामर्श र उपचार सेवा सुरु

नेकपा एमालेका उम्मेदवार हिराबहादुर केसीले गरे प्रतिबद्धता पत्र सार्वजनिक

बागलुङमा चार लाख बढि मतपत्र आईपुगे

बागलुङ बजारमा खाना पकाउने ग्यास अभाव भएको सुनेपछि प्रशासनले गर्यो अनुगमन

बागलुङमा ५९ वटा इजानत पाप्त हातहतियार बुझाए

बागलुङको कालिमाटिमा पहरा खोपेर मौदगल्य ऋषिको मुर्ति निर्माण

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com