बागलुङ , १० फागुन । आगामि निर्वाचनको समयमा सरकारी सवारी साधनको दुरुपयोग नगर्न उपभोक्ता मञ्च बागलुङले अपिल गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचको प्रचार प्रसार लगायतका गतिविधिमा स्थानीय तह र सरकारी कार्यालयका सवारी साधन दुरुपयोग हुन नदिन मञ्चले अपिल गरेको हो ।
मञ्चले बजारमा खाद्यान्न तथा इन्धनको कृतिम अभाव हुन नदिन समेत आग्रह गरेको छ ।
निर्वाचनको बहानामा बजारमा खाना पकाउने ग्यास र खाद्यान्नको कृतिम अभाव सिर्जना गर्ने, अस्वभाविक मुल्यवृद्धि गर्ने जस्ता कार्य नगर्नसमेत सचेत गराईएको मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए । मञ्चले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न, शिक्षकहरुले पार्टीको प्रचार प्रसार नगर्न र शैक्षिक वातावरण नबिगार्न पनि सचेत गराएको छ ।
मञ्चले एक विज्ञप्ती जारी गर्दै निर्वाचनलाई भयरहित र शान्त वातावरणमा सम्पन्न गर्न सरोकारवालालाई अनुरोध गरेको छ । डिजिटल युगमा मतदाताले कसलाई मतदान गर्ने भन्ने आफैले निधो गरिसकेका हुने भएकाले अस्वभाविक तरिकाले मत प्रभावित नगर्न र निर्वाचनको वातावरण शान्त राख्न अनुरोध गरिएको श्रेष्ठले बताए ।
तश्विर: ढोरपाटन












