बागलुङ, ७ वैशाख । बागलुङमा रहेका कृयाशिल पत्रकारलाई दिगो विकास र वातावरण बिषयक पत्रकारिता तालिम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङको आयोजना र बागलुङ नगरपालिकाको आर्थिक सहयोगमा तीन दिने पत्रकारिता प्रदान गरिएको हो ।
तालिमको समापन समारोहमा सम्बोधन गर्दौ बागलुङ नगरपालिका नगर उपप्रमुख राजु खड्काले तालिमले नगरका कार्यक्रमको समाचार रिर्पोटिङमा साथ मिल्ने बताउनुभयो । उहाँले आगामी दिनमा वातावरण संरक्षणका मुद्दा पनि अगाडि आउने विश्वाश व्यक्तगर्नुभयो।
निकट भविष्यमा पर्यटन र खेल पत्रकारिता सम्बन्धीतालिम समेत दिएर पत्रकारलाई दक्ष बनाउन पहल गर्ने खड्काले बताउनुभयो।
महासंघका अध्यक्ष राम थापाको अध्यक्षता, सचिव नारायण रिजालको संचालनमा सम्पन्न समापन समारोहमा वडा नंं ११ का अध्यक्ष ज्ञानेन्द्र गौतम, महासंघमा पूर्व अध्यक्ष रामबहादुर जिसी, उपाध्यक्ष सिर्जना पन्त, सहभागि लोकेन्द्र सुनार लगायतले मन्तव्य राख्नुभएकाे हाे ।
तालिममा मदनपुरस्कार बिजेता मोहन मैनालीले दुइ दिनसम्म प्रशिक्षण दिनुभयाे भने आइतबार पूर्व अध्यक्षहरु रामबहादुर जिसी र मुकेशचन्द्र राजभण्डारी तथा बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले पनि सहजीकरण गर्नुभएको थियो ।
शनिवार चार समूहले गरेको फिल्ड रिर्पोटिङको प्रस्तुतीकरण समेत भएको थियो भने तालिममा विभिन्न स्थानमा बसेर काम गरिरहेका ४० पत्रकार तथा संचारकर्मीको सहभागिता थियो ।