Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

  • नेपाल सञ्चार
  • १ महिना अगाडि

बागलुङ, २४ जेठ बागलुङ नगरपालिका–२ स्थित चेतनशील बाल क्लबको आयोजना भएको नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम भएको छ ।

बालमैत्री कार्यक्रमअन्तर्गत आइतबार नृत्य प्रतियोगितामा प्रतियोगितामा युएस एकेडेमी प्रथम, न्यु एभरेष्ट एकेडेमी द्वितीय तथा प्रिसियस एकेडेमी तृतीय भएका छन्।

विजेता टोलीलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
सहभागी सबै विद्यालयलाई प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ।

बालबालिकामा कला, संस्कृति तथा राष्ट्रिय भावनाको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगिता फ्युचर ब्राइटर आवासीय माध्यमिक विद्यालयमा सम्पन्न भएको हो।

“राष्ट्रप्रेम, कला, संस्कृति र एकता हाम्रो पहिचान” भन्ने नारासहित आयोजित प्रतियोगितामा बागलुङ नगरपालिका वडा नं.१, २, ३ र ४ का १५ विद्यालयहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले नेपाली कला, संस्कृति र सामाजिक सन्देश बोकेका विविध नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष सुरज बोसेल, बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, कालिका भगवती गुठीका अध्यक्ष भूपेन्द्र खड्का, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा ‘अविरल’, बालमन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक उमाकान्त सापकोटालगायतले बालबालिकाको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए।

चेतनशील बाल क्लबका अध्यक्ष चिराग रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नवीन शर्मा चोलागाईं र क्लबकी सदस्य दिव्यानी अधिकारीले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ढाका उद्योग मार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ नगरपालिका भित्रका बालबालिकामा कुपोषण र रक्तअल्पताको समस्या

ताजा समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
कालिकामा चित्रकला कार्यशाला
कालिकामा चित्रकला कार्यशाला
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ट्रेन्डिङ

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com