Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बहिनी समूहलाई बाख्रा उपहार

  • १ वर्ष अगाडि

बागलुङ, १५ जेठ । कृषि र पशुपालनमार्फत सामाजिक र आर्थिक सशक्तिकरणको अभियानमा जुटेका काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा गठित मूल महिला समूहले बहिनी समूहलाई बाख्रा उपहार प्रदान गरेका छन् ।

संघर्षशिल, शुभलक्ष्मी र उद्यमी स्वाभलम्बी महिला समूहमा आवद्व सदस्यहरुले उपहार समूहमा आवद्व संघर्षशिल, सयपत्री, सुसेली, लगनशिल, सुर्यमुखी र शुभलक्ष्मी महिला समूहमा आवद्व सदस्यलाई बाख्रा उपहार प्रदान गरेका हुन् ।

हेफर प्रोजेक्ट नेपाल र काठेखोला गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र बिवाईसी बागलुङको व्यवस्थापनमा सञ्चालित कृषि तथा पशुविकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास कार्यक्रमअन्तर्गत गठित मुल समूहका सदस्यहरुले उपहार समूहलाई ५० ओटा बाख्रा प्रदान गरेका हुन् । मंगलबार रेशको नुन्थलामा आयोजित एक कार्यक्रमका बीच महिला समूहलाई बाख्रा उपहार प्रदान गरिएको हो ।

महिलाहरुलाई उत्पादनमा जोड्दै आत्मनिर्भर बनाउने उदेश्यले परियोजनाअन्तर्गत गठित तीन मूल समूह (संघर्षशिल, शुभलक्ष्मी र उद्यमी स्वाभलम्बी महिला समूह) लाई वितरण गरिएका बाख्राबाट उत्पादन भएका पाठापाठी उपहार समूहमा आवद्व सदस्यहरुलाई वितरण गरिएको हो कृषि तथा पशुविकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास कार्यक्रमका संयोजक चुडामणि उपाध्याले जानकारी दिए ।

कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले पालिकाले पूर्वाधारभन्दा समावेशी विकासमा जोड दिएको धारणा व्यक्त गर्दै चुल्होचौकोमा सिमित महिलालाई उद्यम व्यवसायमा जोडेर आर्थिक रुपमा सम्पन्न गराउने लक्ष्य सुनाए । ‘सामाजिक तथा आर्थिक रुपमा पछि पारिएका महिलालाई मुल धारमा ल्याउन सिपमुलक तालिम प्रदान गरी पेशा व्यवसायमा जोड्ने हाम्रो लक्ष्य छ’ थापाले भने । पालिकाले नीति तथा कार्यक्रम र बजेट बनाउने तयारी गरिरहेकाले आफ्ना माग पालिकामा जानकारी गराए लक्षित वर्गको क्षेत्रमा कार्यक्रम बनाएर बजेट विनियोजन समेत गरिने थापाले प्रतिवद्वता जनाएका छन् ।

कृषि र पशुपालको क्षेत्रमा आवद्व किसानलाई प्रोत्साहनको लागि उत्पादनमा गाउँपालिकाले अनुदान दिँदै आएको चर्चा गर्दै थापाले विशेष गरी बाख्रापालनमा जोडिएर आत्मनिर्भरको बाटो खोजिरहेका महिला समूहका उत्पादनलाई बजारीकरणमा पनि साथ दिने बचन दिएका छन् । बाख्रापालनको क्षेत्रमा महिलाले देखाएको सक्रियतालाई थापाले प्रशंसा गरेका थिए ।

कार्यक्रममा हेफर इन्टरनेशल नेपालका भरतपुर कलस्टरका कार्यक्रम व्यवस्थापक कृष्ण बहादुर कट्टेलले रेशका महिला समूहले बाख्रापालन र कृषिको क्षेत्रमा गरेका गतिविधिले महिला सशक्तिकरणको क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको बताए । महिलालाई आर्थिक र सामाजिक रुपमा सशक्त बनाउन हेफर सधैं हातेमालो गर्न तयार रहेको बताउँदै कट्टेलले ग्रामिण क्षेत्रको विकासका लागि पनि महिला उत्पादनमा जोडिन आवश्यक रहेको बताए । बिवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमले बाख्रा उपहार कार्यक्रमले महिलालाई आर्थिक रुपमा सम्पन्न बनाउनुका साथै सामाजिक क्षेत्रमा पनि क्रियाशिल बनाउन प्रभावकारी भूमिका खेल्ने धारणा व्यक्त गरे ।

सो अवसरमा हेफर इन्टरनेशनल नेपालका विवेक कुमार शाह, रन्जित चौधरी, ऋषिराम पौडेल, कृष्णबाबु कट्टेल, गाउँपालिकाका अध्यक्ष, राजु थापा, बिवाईसीका अध्यक्ष तोयानाथ गौतम, धौलागिरि जागरण दैनिकका सम्पादक रामबहादुर जिसी र ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रम शुभलक्ष्मी महिला समूहका अध्यक्ष देवी जिसीको अध्यक्षता, स्वागत धनमाया थापा र उजेली शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रम रेश साना किसान सहकारी, संघर्षशिल, शुभलक्ष्मी र उद्यमी स्वाभलम्बी महिला समूहले आयोजना गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com