बागलुङ, २४ भदौ । आज बागलुङमा बन्द हुने भएको छ । भ्रष्टचारविरूद्धको आन्दोलनमा सरकारले गरेको बर्बर दमन गरेपछि जेन्जी पुस्ताले बन्दका लागि हिजो बागलुङ बन्दको आव्हान गरेका हुन् ।
आज बिहानै देखि बन्दका कारण जनजीवन प्रभावित भएको छ ।
भ्रष्टचार, असमानता र सामाजिक सञ्जाल बन्दको विरोधमा जेन्जीले गरेको देशव्यापी आन्दोलनमा प्रहरीको गोली लागेर १९ जना युवाको ज्यान गएको छ । सयौँ घाइते भएका छन् ।
यसैबीच देशभरीका संस्थागत विद्यालय बन्द गर्ने केन्द्रिय निर्णय अनुसार बागलुङका संस्थागत विद्यालय पनि बन्द गरिने भएको छ । आन्दोलनमा विद्यार्थीहरु मारिएको भन्दै शोक र विरोध स्वरुप विद्यालय बन्द गरिएको प्याव्सन बागलुङका अध्यक्ष दल थापाले बताए ।
“केन्द्रले दुई दिन विद्यालय बन्दको सर्कुलर पठाएको छ”, ऐन प्याब्सन नगर सचिव निसान खड्काले भने, “हामाले प्याब्सन, एनप्याब्सन र हिसानबीच छलफल गरेर जिल्लास्थित सबै संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेका छौं ।”










