Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

  • नेपाल सञ्चार
  • ३ महिना अगाडि

बागलुङ, ३ जेठ । बागलुङको छिकेकी जिल्ला पर्वतको जलजला गाउँपालिका–८ लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल भएको छ ।

समुद्री सतहदेखि करिब एक हजार आठ सय मिटर उचाइमा अवस्थित लुप्राङमा रहेको श्रीहरी कृषि तथा पशुपन्छी फार्मका सञ्चालक ताराकुमारी रेग्मीले अङ्गुरखेतीको परीक्षण गरेकी हुन् ।

“चार वर्षअघि भारतबाट ल्याएर प्लास्टिकको टनेलभित्र रोपेको अङ्गुरका दुई वटा बोटले उत्पादन दिन थालेका छन्”, उनले भनिन्, “गत वर्ष प्रतिकिलो रु चार सय ५० देखि पाँच सयका दरले रु ३५ हजारको अङ्गुर घरबाटै बेचेको थिए । यसपालि दाना बढी लागेकाले उत्पादन बढ्ने अनुमान छ ।”

अङ्गुरको दाना पाक्ने समयसम्म नझरी बोटमा रह्यो भने कृषि प्राविधिकहरुसँग सल्लाह गरेर अङ्गुरखेती विस्तार गर्ने रेग्मीको योजना छ । दुई छोरा पढाउन पाँच वर्ष बागलुङ बजार बसेकी रेग्मीले घर फर्किएपछि अङ्गुर, गोलभेडा, सुन्तला खेतीका साथै बाख्रापालन सुरु गरेकी हुन् ।

“कक्षा पाँच सम्म गाउँकै विद्यालयमा पढेका दुई जना छोराहरुलाई स्कुल टाढा भएकाले पाँच वर्ष बागलुङमा डेरा खोजेर १० सम्म पढाए”, ताराकुमारीले भनिन्, “कक्षा १० उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न दुई जना छोराहरु काठमाडौँ गएपछि घर फर्किएर धानखेती हुने खेतमा सुन्तलाका बिरुवा लगाउँदा आफन्त र छिमेकीहरुले असफल हुने काम नगर्न सुझाउनुभएको थियो ।”

स्वदेशमै उद्यमशील बनेर स्वरोजगार, आत्मनिर्भर र आयआर्जनतर्फ अग्रसर हुनुपर्ने धारणाबाट प्रेरित भएकी रेग्मीलाई स्थानीय विद्यालयका शिक्षक रहेका श्रीमान्ले साँझ, बिहान र बिदाको समयमा बगैँचाको काममा साथ दिएका छन् । उनको बगैँचामा रसात सय ५० सुन्तला र कागतीका बोट छन् । गत वर्ष रु चार लाख ८० हजारको सुन्तला बिक्री भएको रेग्मीले बताइन् ।

प्लास्टिक टनेलभित्र अङ्गुरका साथै टमाटरखेती पनि गर्छिन्। हुर्कदै गरेको सुन्तला बगैचाभित्र सिमीखेती गरेकी छिन् । अङ्गुर गाउँबाट बिक्री हुन्छ । सुन्तला पोखरा र तरकारी कुश्मामा खपत हुने गरेको छ । कृषि फार्मबाट वार्षिक रु १० देखि १२ लाख बचत गर्ने रेग्मीको कमाइ देखेर विगतमा सुन्तला रोप्दा गाली गर्नेहरु दङ्ग परेका छन् ।

उनकै सिको गरेर धेरैजसो लुप्राङवासीले धान, मकै, कोदोको विकल्पमा सुन्तलाखेती गरेका छन् । उहाँलाई राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, जलजला गाउँपालिका र वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रममार्फत प्रविध, पूर्वाधार निर्माणमा सहयोग, सीपमूलक तालिम, व्यावसायिक योजना तयार पार्न, भ्रमण र प्रदर्शनीको व्यवस्था मिलाएका छन् ।

नाग्लिवाङ हुँदै लुप्राङ जोड्ने सडक स्तरोन्नति नहुँदा कृषिउपज बिक्रीका लागि बजार पठाउन समस्या भएको किसान रेग्मीले गुनासो गरिन् । बाँदरको समस्या पनि मुख्य चुनौती बनेको छ । यसपालि गत जेठ १२ गते परेको असिनाले खाद्यबाली, सुन्तला र तरकारीखेतीमा क्षति पुर्याएको किसानहरुले गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com