Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नेप्से परिसूचकमा पहिरो

  • ४ वर्ष अगाडि

काठमाडौँ, ११ फागुन । लघुवित्त संस्थाहरुको शेयर मूल्यमा उच्च अङ्कको गिरावट देखिएपछि नेप्से परिसूचकमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ७४ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६४ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ११ दशमलव ९५ अङ्कले ओरालो लागेर तीन सय ८४ दशमलव ४० मा सीमित भएको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएकामध्ये आज १४ कम्पनीको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ ।

यस्तै दुई सय तीन कम्पनीको शेयर मूल्यमा गिरावट हुँदा एक कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । कूल ६३ लाख २६ हजार एक सय पाँच कित्ता शेयर रु दुई अर्ब ५२ करोड २७ लाख १३ हजार एक सय ५३ मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा छिमेक लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु आठ करोड ७० लाख ७३ हजार बराबरको कारोबार भयो ।

यस्तै, एनआइसी एशिया बैंक रु सात करोड ९६ लाख ४१ हजार पाँच सय ३२, हिमालयन डिस्टिलरी रु सात करोड २१ लाख ८९ हजार तीन सय ८५, साना किसान विकास बैंक रु छ करोड ६ लाख ८७ हजार आठ सय ८४ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको रु छ करोड २८ हजार आठ सय ६८ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् ।

नेप्सेका अनुसार कारोबार भएकामध्ये आज कूल ४० कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको गिरावट भएको छ । यस्तै, नेपाल हाइड्रो चार दशमलव ८२, सामलिङ पावर कम्पनी चार दशमलव ७७, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो तीन दशमलव ४३, प्रभु बैंकको ऋणपत्र एक दशमलव ९९ र सानिमा लार्ज क्यापका लगानीकर्ताले एक दशमलव ९२ प्रतिशतले कमाएका छन् ।
––

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नेप्सेमा सामान्य गिरावट

ब्याजदर घट्दा शेयर बजारमा हरियाली

नेप्सेमा सामान्य अङ्कको सुधार

नेप्सेमा २८ अङ्कको गिरावट

नेप्सेमा उच्च अङ्कको गिरावट

नेप्सेमा सामान्य अङ्कको गिरावट

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com