Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

  • नेपाल सञ्चार
  • ८ महिना अगाडि

बागलुङ , १७ भदौ । बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने भएको छ ।

बागलुङ उद्योग बाणिज्य संघको आयोजनामा पौष ११ गतेबाट गण्डकी प्रदेश स्तरीय व्यापार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणको उद्देश्य राखेर महोत्सव आयोजना गरिने संघका अध्यक्ष राजन कुमार शाक्यले जानकारी दिनुभयो ।

स्थानिय लोक संस्कृतिको संरक्षण र स्थानिय उत्पादनलाई पहिलो प्राथमिकताका साथ महोत्सव संचालन गर्नुका साथै यस वर्ष शिक्षा र पर्यटनसँग जोडेर थप कार्यक्रम समेत संचालन गर्ने शाक्यले बताउनुभयो ।

महोत्सव संचालन सम्बन्धमा सोमबार जिल्लास्थित राजनितिक दल र अन्य सरोकावलासँग छलफल गरिएको छ । महोत्सवलाई थप प्रभावकारी बनाउनका लागि उपयुक्त स्थान कहाँ हुने भन्ने विषयमा पनि सर्वपक्षिय छलफल भएको थियो ।

‘आगामी पौषमा बागलुङ महोत्सव हुने पक्का भएको छ, स्थान कहाँ गर्ने कसरी गर्ने छलफलमा नै छौं, अध्यक्ष शाक्यले भन्नुभयाे, विगतमा धौलागिरी बहुमुखी क्यायम्पस प्राङ्गणमा भएको हुँदा यस वर्ष पनि त्यही स्थानमा छलफल भएको छ ।

महोत्सव संचालन गर्दा क्याम्पसको पठनपाठनमा पनि प्रभाव पर्ने हुँदा अन्य विकल्पहरु पनि खोजेका छौं स्थान छिट्टै टुंगो लाग्ने छ । उहाँले यस वषको महोत्सव विगतमा भन्दा केही फरक हुने गरी अहिले देखी नै तयारी थालेको बताउनुभयो । महोत्सवका लागि विभिन्न उपसमिति गठन गर्ने अध्यक्ष शाक्यले बताउनुभयो ।

छलफलमा जिल्लामा मेला महोत्सव तथा सभा समारोह गर्दा उपयुक्त स्थान नभएको कारण त्यसका लागि एउटा संयन्त्र नै बनाएर अगाडी बढ्ने निर्णय भएको छ । कुनै कार्यक्रम गर्दा सार्वजनिक स्थान नभएका कारण अपठ्यारो परेको हुँदा त्यसको दिर्घकालिन समाधानका लागि जग्गा र स्थान व्यवस्थापनका निम्ती उद्योग बाणिज्य संघका अध्यक्षकै संयोजकत्वमा एउटा समिति बनाईएको छ ।
समितिले विभिन्न निकायसँग आवश्यक परामर्श र सल्लाह गरेर सदरमुकाम क्षेत्रमा एउटा खुल्ला मञ्च सिटी हल निर्माण गर्ने जग्गा व्यवस्थापन गर्ने काम गर्ने निवर्तमान अध्यक्ष नरेश कंडेलले बताउनुभयो ।

संघले सदरमुकाम क्षेत्रमा खुल्ला ठाउँ नहुँदा विगत देखी नै धौलागिरी बहुमुखी क्याम्पस क्षेत्रमा महोत्सव गर्दै आएको छ । शैक्षिक क्षेत्र भित्र मेला महोत्सव गर्नका सहज नहुने हुँदा अन्य दिर्घकालिन स्थानको खोजीका लागि समिति नै गठन गरेर आगाडी बढेको कंडेलले जानकारी दिनुभयो।

जिल्लाका क्रियाशिल राजनितिकदल, बागलुङ नगरपालिका, वडा नं. १ देखी ४ सम्मका वडा कार्यालय र विभिन्न संघ संस्थाको प्रतिनिधित्व हुने गरी स्थान र जग्गा व्यवस्थापनका लागि समिती बनेको छ । सो समितिले अन्य सरोकारवालासँग समन्वय गरी जग्गा व्यवस्थापनका काम गर्ने कंडेलले जानकारी दिनुभयो ।

छलफलमा नेपाली काँग्रेसका जिल्ला सदस्य महेन्द्र आचार्य, नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसी, नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक राजिव घिमिरे, समाजवादी पाटीका कृष्ण पौडेल, रास्वपाका विष्णु आचार्य र राप्रपाका हेमराज शर्मा बान.पा नं. २ का वडा अध्यक्ष सुरज बोसेल, वडा नं. ३ का वडा अध्यक्ष सनी केसी लक्ष्मण, रामरेखा सामुदायिक वनका अध्यक्ष कृष्ण केसी नेपाल पत्रकार महासंघका सचिव नारायण रिजाल, उपभोक्ता मंञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, लगायतले बागलुङ सदरमुकाम क्षेत्रमा सवै मिलेर तत्काल खुल्ला मञ्चको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम उद्योग बाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यको अध्यक्ष महासचिव अर्जुन पौडेलको संचालन र बरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ताजा समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

ट्रेन्डिङ

बागलुङले पायो दुई मन्त्री

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com