Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा नेकपाको अन्तरक्रिया

  • नेपाल सञ्चार
  • ९ महिना अगाडि

बागलुङ , ६ असाेज । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), बागलुङको आयोजनामा ‘जेनजी विद्रोह, नयाँ परिस्थिति र निकास’ अन्तरक्रिया आज सम्पन्न भएको छ ।

सदरमुकाममा आयोजित उक्त कार्यक्रममा नेकपाका पोलिटब्यूरो सदस्य एवं जिल्ला इञ्चार्ज आजाद ‘सी’ले जेनजी विद्रोहपछि उत्पन्न राजनीतिक परिस्थितिबारे पार्टीको धारणा राखेका थिए । उनले मुलुकमा व्याप्त भ्रष्टचार, दलाली, तस्करी आदि कारणले जेनजी विद्रोह निम्तिएको बताए ।

इञ्चर्जा ‘सी’ले राज्यको अग्रगामी पुनःसंरचना, संविधानको पुनर्लेखनसँगै सर्वपक्षीय अन्तरिम सरकार निर्माण हुनुपर्नेमा जोड दिए । “अहिले बनेको अन्तरिम सरकार विदेशीको स्वार्थपूर्तिका लागि बनेको हो, यसले जेनजी विद्रोहलाई असफलतातिर लैजाने खतरा देखिएको छ”, उनले भने, “देश अन्यौलनको अवस्थामा छ, विदेशी शक्तिकेन्द्रको क्रीडास्थलमा परिणत हुँदैछ ।”

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत सबै वर्ग र जातिको समानुपातिक सहभागिताको सुनिश्चितता गर्नुपर्ने उनले बताए । इञ्जार्च ‘सी’ले नेकपाले चुनावलाई संघर्षको मोर्चाको रुपमा उपयोग गर्ने नीति लिएको बताए । उनले मुलुकलाई सही निकास दिन कम्युनिष्ट घटकहरु, लोकतान्त्रिक शक्ति, समाजवादी शक्ति र देशभक्तहरुबीच धु्रवीकरण हुनसक्ने बताए ।कम्युनिष्ट पार्टीहरुबीच नेपाली विशेषताको समाजवादमा आधारित रहेर एकता गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापालगायत विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, नागरिक समाजका अगुवा, अधिवक्ता, बुद्धिजीवी, पत्रकारलगायतको सहभागिता रहेको थियो । अन्तरक्रियामा बोल्ने वक्ताहरुले जेनजी आन्दोलनले उठाएका माग र मुद्दाको सम्बोधन गर्नुपर्नेमा जोड दिए । राजनीतिक दल र तिनका नेतृत्वले विगतका गरेका गल्तीप्रति आत्मआलोचित हुँदै सच्चिने प्रण गर्नुपर्ने उनीहरुको जोड थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

जेनजी आन्दोलनले खोजेको परिवर्तन काङ्ग्रेसमा आएको छ: सभापती थापा

तेस्रो बागलुङ मेयर कपः बेनी, प्रहरी र पैयुँ विजयी

बागलुङमा नेकपाको अन्तरक्रिया

ताजा समाचार

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु
‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु
मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी
मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी
बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने
बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने
कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा
कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा

ट्रेन्डिङ

वर्तमान राजनितिक अवस्था र संविधान संशोधन विषयक अन्तरक्रिया

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

श्रीमान हत्या प्रकरण : तीन जना पक्राउ

तेस्रो आदर्श कप : पहिलो दिनका खेल सकिए

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com