Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

तेस्रो बागलुङ मेयर कपः बेनी, प्रहरी र पैयुँ विजयी

  • नेपाल सञ्चार
  • ८ महिना अगाडि

बागलुङ, १५ मंसिर । बागलुङमा जारी तेस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् ।
आज भएको खेलबाट बेनी नगरपालिका, गण्डकी प्रदेश प्रहरी पोखरा र पैयुँ गाउँपालिकाले जित हात पारे ।

पहिलो खेलमा जैमिनी नगरपालिका अनुपस्थित भएपछि बेनी नगरपालिका म्याग्दी क्वाटर फाइनलमा प्रवेश गरेको छ । खेल समयमा जैमिनी नगरपालिकाको टिम मैदानमा उपस्थित नभएपछि बेनीलाई विजेता घोषणा गरिएको थियो ।
बेनीले मंगलबार आयोजक बागलुङ नगरपालिका (सेतो)सँग खेल्ने छ ।

सोमबारको दोस्रो खेलमा गलकोट नगरपालिकालाई पराजित गर्दै विभागिय टिम गण्डकी प्रदेश प्रहरी अन्तिम आठमा प्रवेश गरेको छ । बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । राष्ट्रिय खेलाडी सुमित श्रेष्ठ र रन्दिप पौडेलसहित मैदान प्रवेश गरेको प्रहरीले टाइब्रेकरमा ४–२ को जित निकाल्यो ।

प्रहरीको लागि सन्दिप तामाङ, सरोज टिटुङ, अंकित गुरुङ, केशव बरामले गोल गरे । गलकोटको लागि गलकोटको लागि अंकित थापा र सुमन टेलरले गोल गरे । प्रहरीले मंगलबार सेमिफाइनल प्रवेशको लागि कटारी नगरपालिका उदयपुरसँग खेल्ने छ ।

यस्तै सोमबार नै भएको तेस्रो खेलमा पर्वतको पैयुँ गाउँपालिकाले विभागिय टिम कालिजंग गणलाई टाइबेकरमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्यो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकर पैयुँले ३–२ को जित निकाल्यो ।

टाइब्रेकरमा पैयुँको लागि सागर थापा, समिर नेपाली र सन्देश तामाङले गोल गरे । कालिजंग गणको लागि नरेशलाल माझे र अजय थापाको गोल गरे । पैयुँले बुधबार बेनी नगरपालिका र बागलुङ नगरपालिका (सेतो) विचको विजेता टिमसँग खेल्ने छ ।

बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले ३ लाख ३३ हजार ३ सय ३३ रुपियाँ र उपविजेताले २ लाख २२ हजार २ सय २२ रुपियाँ प्राप्त गर्ने छन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट प्रशिक्षकले १०–१० हजार रुपियाँ प्राप्त गर्नेछन् । खबरवे डटकमबाट साभार

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता

बागलुङ नगरपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई सकियो

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

ताजा समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

ट्रेन्डिङ

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com