बागलुङ ,१० साउन । बागलुङमा करेन्ट लागेर घाइतलाई गण्डकी अस्पताल पोखरामा रिफर गरिएको छ ।
छन् ।
आज बेलुका ६ः४५ बजेको समयमा जिल्ला बागलुङ काठेखोला गा.पा.०४ तंग्राम घर भई हाल बागलुङ न.पा.०२ हल्लनचोक स्थित रहेको वेष्टवान रेष्टुरेन्टमा काम गर्ने बर्ष २६ को डम्मर बहादुर पुन घाइते भएका थिए ।
उनलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरामा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी रामेश्वर त्वातिले जानकारी दिनुभयो ।
रेष्टुरेन्टमा इन्भटर जडान गर्ने क्रममा अचानक करेन्ट लागि घाईते भई उपचारको लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ ल्याएको थियो ।
घाईतेको टाउको र खुट्टामा चोट देखिएको बोल्न नसक्ने रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









