Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

शारिरिक अपाङ्गता भएकाहरुलाई विद्यालयमा आवासीय सुविधा

  • ८ वर्ष अगाडि

बागलुङ पुस, १२ । बागलुङको रामरेखा आधारभूत विद्यालयमा शारिरिक अपाङ्गता भएका बालबालिकालाई निःशुल्क आवासीय सुविधा सहितको शिक्षा दिन सुरु गरिएको छ । शारिरिक अपाङ्गता भएका धेरै बालबालिकाहरु आर्थिक अभावमा समाज तथा परिवारबाट अपहेलित भई बस्नु परेको अवस्थामा बालबालिकालाई सहज रुपमा शिक्षा प्रदान गर्नका लागि आवासीय सुविधा सहितको कक्षा सञ्चालन गर्न सुरु गरिएको हो ।

विद्यालयमा अध्ययन गर्ने शारिरिक अपाङ्गता भएका बालबालिकालाई आवासीय सुविधा दिनका लागि अपाङ्गताका क्षेत्रमा काम गर्ने प्लान नेपाल र गाजा डेभलपमेन्ट फाउण्डेसनले करिव ८० लाख रुपियाँको लागतमा सुविधा सम्पन्न भवन निर्माण गरिएको थियो । नवनिर्मित भवनको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले ४० जना क्षमताको भवन निर्माण भएकाले बागलुङ नगरपालिकाले त्यहाँ आवश्यक जनशक्तिको व्यवस्थापन गरेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो ।

आवासीय सुविधाका लागि शारिरिक अपाङ्गता भएका बालबालिकाहरुलाई रेखदेख गर्नका लागि एक जना कर्मचारी पठाउँने यसअगाडिनै निर्णय भइसकेकाले पछि विद्यालय व्यवस्थापनले एकजनाले सबै भ्याउँन कठिन हुने बताएपछि पुनः एक जना कर्मचारी खटाइने पौडेलले बताउनुभयो ।

गत बैशाखमै भवन निर्माण सम्पन्न भएपनि अपाङ्गता भएका बालबालिकाको रेखदेख गर्ने कर्मचारीको व्यवस्था नहुँदा सञ्चालनमा आउँन सकेको थिएन । अपाङ्गता भएका तथा अपाङ्ग सबै बालबालिकालाई एकै ठाउँमा राखेर अध्ययन गराउँने विद्यालयमा अहिले एक सय ५० विद्यार्थी मध्य १० जना अपाङ्गता भएका बालबालिका रहेको विद्यालयका प्रधानाध्यापक धनकुमारी पराजुलीले जानकारी दिनुभयो । कक्षा आठसम्मको पढाई हुने उक्त विद्यालयमा कक्षा एकदेखिनै अंग्रेजी माध्यममा र कक्षा चारदेखि कम्प्युटर माध्यमबाट पढाई हुँदै आइरहेको छ ।

बागलुङमा बहिरा, सुस्तमनःस्थिति तथा नेत्रहिन विद्यार्थीहरुलाई पढाउँनेगरी विभिन्न विद्यालयहरु सञ्चालित रहेपनि शारिरिक अपाङ्गता भएका बालबालिकालाई पढाउँने विद्यालय नहुँदा धेरै शारिरिक अपाङ्गता भएका बालबालिका विद्यालयसम्म आउँन नसकेकाले यस विद्यालयमा सञ्चालित आवासीय कक्षाले उनीहरुलाई विद्यालयसम्म आउँन सहजता आउँने विद्यालयका सल्लाहकार केवी राना मगरले बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिका नगर शिक्षा अधिकारी ठाकुर जि तिवारीले सबैकालागि शिक्षा आवश्यक रहेकाले अपाङ्गता भएर विद्यालयसम्म आउँन नसक्ने बालबालिकाका लागि विद्यालयसम्म ल्याउन यस्ता अभियान सार्थक बन्ने बताउनुभयो । भवन निर्माण समितिका संयोजक दुर्गाबहादुर आचार्यले बागलुङमा सबै प्रकारका अपाङ्गता भएका बालबालिकाहरुलाई सहज शिक्षा प्रदान गर्न सक्ने व्यवस्था भएकोप्रति खुसी व्यक्त गर्दै सबैलाई सहज होस भन्ने उद्देश्यले छोटो समयमा सुविधासम्पन्न भवन निर्माण गर्न सकिएको बताउनुभयो ।

कार्यक्रममा प्लान नेपालका नितु आचार्य, अपाङ्गता सञ्जाल बागलुङका सचिव होमनाथ शर्मा, विद्यार्थी सुस्मिता किसान लगायतले बोल्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रेशम गोतामेले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com