Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङको चिनारी बुट्टेनली सङ्कटमा

  • सुवास गौतम
  • ७ वर्ष अगाडि

बागलुङ, २९ पुस । बागलुङ भित्रने जो कोहीले बुट्टेनलीका बारेमा जिज्ञासा राखेकै हुन्छन् – यो के हो ? कसरी बनाइन्छ ? तर, यसको स्पष्ट जवाफ जिल्लाका अधिकाँशसँग छैन । संस्कृति र परम्परा जोडिएका यी बुट्टेनली हातले कुँदेर तयार पारिन्छ । बागलुङको पहिचानका रुपमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपमा प्रख्यात रहे पनि पुस्तान्तरण नहुँदा यो कला लोप हुने अवस्थामा छ ।

बुट्टेनली बनाउने स्थानीय कलाकारहरु घट्दै जानु र कच्चा पदार्थ सहज रुपमा उपलब्ध नहुनु बुट्टेनली लोप हुनुको मुख्य कारण रहेको संस्कृतिकर्मीहरु औँल्याउँछन् । बागलुङ जिल्लाको परिचय दिँदा बुट्टेनलीको जिल्ला भनेर पनि उल्लेख गर्ने गरिए पनि नयाँ पुस्ताको उदासीनताका कारण बुट्टेनली सङ्कटमा परेको हो ।

बागलुङमा बाहिरवाट आउने पर्यटक तथा पाहुनाले सम्झनाको चिनोस्वरुप किनेर लाने बुट्टेनली बनाउने कलाकार तथा बुट्टेनली बनाउन प्रयोग हुने निगालो बाँसको अभाव सँगै बुट्टेनली लोप हुने अवस्थामा पुगेको हो ।

काष्ठकला कुद्न सिपालु कलाकारले निगालो बाँसको नलीमा ऐतिहासिक व्यक्तिका चित्र, जङ्गली जनावर, मयूर, फूल, पौराणिकदेखि आधुनिक कालका सांस्कृतिक झलक र प्राकृतिक सुन्दरतालाई कलात्मक तरीकाले कुँदेर तयार पारिएको बाँसलाई बुट्टेनली भनिन्छ । मसिना बाँस वा निगालोमा विभिन्न चित्र र प्रारुप उतार्दै तयार पारिने यस्ता बुट्टेनली अहिले छिटफूट मात्रै देखिन थालेको छ ।

बुट्टेनलीको प्रसङ्ग आउँदा बागलुङका वसन्तजंग राजभण्डारी जोडिएर आउनुहुन्छ । बागलुङ बजारका स्थानीय बासिन्दा राजभण्डारीले विगत ३६ वर्षदेखि कलात्मक ढङ्गबाट बाँसको निगालो, बाँसुरी तथा मुरलीमा आकृति भर्दै आउनुभएको छ । उहाँले बुट्टेनलीमा देवीदेवता, पृथ्वीनारायण शाहदेखि वीरेन्द्र शाहसम्मका राजा, नेपालका प्राकृतिक छटा र वन्यजन्तुका चित्र कोरेर कलात्मक ढङ्गका बुट्टेनली तयार पार्दै आउनुभएको छ ।

“केही वर्ष अघिसम्म बागलुङको चिनारीका रुपमा आगन्तुक पाहुनाहरुले खोजी खोजी किनेर लैजाने गरेको बुट्टेनलीको उचित प्रचारप्रसार तथा स्रोत, साधनकोे अभाव हुँदा लोप हुने अवस्था आएको छ,” राजभण्डारीले भन्नुभयो – “बुट्टेनली निर्माण गर्नेे शीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा यस्तो अवस्था आएको हो ।”

बुट्टेनलीलाई प्रचारप्रसार गर्न सरोकारवाला निकाय नै जागरुक भएर लाग्नु पर्ने राजभण्डारी बताउनुहुन्छ । राजभण्डारीका अनुसार एउटा बुट्टेनली बनाउन चारदेखि पाँच दिनसम्म समय लाग्ने गर्छ । विभिन्न प्रकारका चित्रहरु कोरेर निर्माण गरिने नलीलाई उहाँ तीन हजारदेखि चार हजार रुपैयाँसम्म लिएर बेच्ने गर्नुहुन्छ । बाँसुरी तथा मुरलीलाई दुई हजार रुपैयाँसम्म पर्छ ।

बागलुङमा बुट्टेनली बनाउने कालिगड भेट्न मुश्किल भएका बेला यस्तो कलाकारितामा लागिरहने आफू एक्लो कलाकार भएको उहाँ दाबी गर्नुहन्छ । उहाँ भन्दा अगाडि बागलुङ बजारमा यस्तो पेशा अपनाउने बाबुराम बज्राचार्य हुनुहुन्थ्यो । उहाँको मृत्यु सँगै बुट्टेनली थप सङ्कटमा परेको हो । बागलुङ उद्योग बाणिज्य सङ्घ र बागलुङ हस्तकला सङ्घले जिल्ला कारागार बागलुङका केही कैदीबन्दीलाई केही वर्ष अगाडि बुट्टेनली कुद्ने कला सिकाए पनि बजार समस्याका कारण यो सम्पदा संरक्षण गर्न समस्या परेको उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

बुट्टेनलीलाई बचाउन आर्थिक वर्ष २०७४÷७५ मा बागलुङ उद्योग वाणिज्य सङ्घले जिल्लामा रहेको धौलागिरि बहिरा आवासीय विद्यालयका २० जना विद्यार्थीलाई तालीम प्रदान गरेको सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो ।

“हामीले उद्योग वाणिज्य सङ्घको इतिहासमा पटक पटक बुट्टेनलीको तालीम प्रदान गरेका छौं,” अध्यक्ष राजभण्डारीले भन्नुभयो – “तालीम प्रभावकारी बन्न सकेन । अबको दिनमा फरक ढङ्गले बुट्टेनली सिकाउने प्रयत्न गर्नेछौं ।” राजभण्डारीका अनुसार आउँदा वर्षमा एक दर्जन प्रशिक्षक नै तयार पार्ने गरी तालीम अगाडि बढाउने उद्योग सङ्घको योजना छ ।

हस्तकलाका शिल्पीहरुले तयार पार्ने बुट्टेनली, नेपाली कागज र अल्लोको धागो बागलुङका चिनारी मानिन्छन् । बागलुङका हस्तकला शिल्पीहरु तथा सम्पदा प्रेमीहरु अब बुट्टेनली इतिहासमा मात्र सीमित हुने हो कि भन्ने चिन्तामा पर्न थालेका छन् । बागलुङ हस्तकला सङ्घका संस्थापक अध्यक्ष इन्द्र श्रेष्ठले जिल्लामा भित्रने आगन्तुक पर्यटकलाई बुट्टेनलीको महत्वबारे जानकारी दिन आवश्यक रहेको ठान्नुहुन्छ । “मेला महोत्सवमा प्रर्दशनीमा बुट्टेनली राखेका हुन्छौं,” श्रेष्ठले भन्नुभयो – “अबको स्थानीय सरकारले समेत यसलाई चासोका साथ हेर्नुपर्ने अवस्था आएको छ ।”

विसं १९९० तिर एउटा बुट्टेनलीलाई कलाकारले मोहरमा बिक्री गर्ने भएता पनि अहिले मूल्य बढेको छ । यद्यपि अहिले भने एकजनाले मात्र बनाउने बुट्टेनलीले समेत बजार पाउन मुश्किल परेको बताइन्छ । बागलुङका चिनारीहरुलाई प्रर्वद्धन गर्न सकिए यसले जिल्लाकै पर्यटन विकासमा टेवा पु¥याउने निश्चित भएको संस्कृतिप्रेमीहरु विश्वास गर्छन् ।

बागलुङमा पछिल्लो समयमा नेपालमै दुर्लभ मानिएको हनुमान नाच संरक्षण गरिए जस्तै बुट्टेनलीलाई पनि संरक्षण र प्रचार प्रसार गर्न आवश्यक छ । अढाइ सय वर्षभन्दा पुरानो इतिहास बोकेको बुट्टेनलीलाई बागलुङकै पुरानो र मौलिक कलाका रुपमा लिइँदै आइएको बागलुङ हस्तकला सङ्घका संरक्षक तथा साहित्यकार प्रेम छोटाले बताउनुभयो । स्थानीय बासिन्दाको प्रयत्नले मात्र अपेक्षित नतीजा नआउने भएकाले स्थानीय सरकारले यसलाई प्राथमिकतामा राखेर प्रवद्र्धन गर्नुपर्ने धारणा उहाँ राख्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

प्रथम एसईई कप फुटसल प्रतियोगिता

वैशाखमा कालिका मन्दिरको ६१ लाख रुपियाँ आम्दानी

प्रजनन सम्बन्धी स्वास्थ्य समस्या समयमा नै पहिचान हुन नसक्दा जटिल

बागलुङको बडिगाडमा पहिलो पटक हाइड्रोजन ग्यास उत्पादन

ताजा समाचार

बागलुङमा ११ करोड बेरुजु
बागलुङमा ११ करोड बेरुजु
प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा
प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा
दुई कर्मचारी सम्मानित
दुई कर्मचारी सम्मानित
अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री
अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री
प्रथम एसईई कप फुटसल प्रतियोगिता
प्रथम एसईई कप फुटसल प्रतियोगिता

ट्रेन्डिङ

प्रथम एसईई कप फुटसल प्रतियोगिता

बागलुङमा ११ करोड बेरुजु

अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com