Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

प्रजनन सम्बन्धी स्वास्थ्य समस्या समयमा नै पहिचान हुन नसक्दा जटिल

  • नेपाल सञ्चार
  • १९ घण्टा अगाडि

बागलुङ, ३ जेठ । प्रजनन सम्बन्धी स्वास्थ्य समस्या समयमा नै पहिचान हुन नसक्दा जटिल बन्दै गरेको सरोकारवालाले बताएका छन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा प्रजनन स्वास्थ्य तथा रोग सम्बन्धी मिडियाकर्मी र सरोकारवालासँग आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख प्रविण शर्माले प्रजननसम्बन्धी समस्या लुकाउने तथा वास्ता नगर्दा कारण समस्या थप जटिल बन्ने गरेको बताउनुभयो ।

उहाँले बागलुङका निसीखोला, तमानखोला र ढोरपाटन क्षेत्रमा स्वास्थ्यसम्बन्धी जनचेतनाको कमीका कारण प्रजनन स्वास्थ्य समस्या बढ्दै गएको बताउनुभयो ।

कार्यक्रममा कार्यालयका जनस्वास्थ्य निरीक्षक समिता घिमिरेले आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा अब्स्टेट्रिक फिस्टुला सम्बन्धी रोग, तिनका लक्षण, पहिचान र उपचारका विषयमा प्रस्तुतीकरण राख्नुभएकको थियो ।

उहाँले प्रजनन सम्बन्धी रोग समयमै पहिचान गर्न सकमा उपचार सहज हुने भन्दै परिवारका महिलाको प्रजनन स्वास्थ्यप्रति पुरुषहरूले पनि चासो दिनुपर्ने बताउनुभयो ।

धौलागिरि प्रादेशिक अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. विजय वझाले प्रजनन सम्बन्धी धेरै रोगको उपचार सरकारी अस्पतालमा निःशुल्क हुने भए पनि सेवाको उपयोग गर्नेको संख्या न्यून रहेको बताउनुभयो । उहाँले नियमित स्वास्थ्य परीक्षणको आवश्यकता औँल्याउँदै समस्या देखिएपछि मात्र अस्पताल जाने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । “समस्या नहुँदै गरिने नियमित परीक्षणले रोग लागिहाले पनि समयमै उपचार गर्न सहज हुन्छ,” उहाँले भन्नुभयो ।

डा. वझाले अस्पतालबाट प्रदान भइरहेका प्रजनन स्वास्थ्यसम्बन्धी सेवाबारे पनि जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिका लागि सञ्चारमाध्यम, स्वास्थ्य संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

पंत्रकार, स्वास्थयकर्मी, स्वयंसेविका लागाएतको उपस्थिति रहेको कार्यक्रमको संचालन कार्यालयका क्षयकुष्ठ रोग निरिक्षक देवप्रकाश घिमिरेले सञ्चालन गर्नभएको थियो

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

दोस्रो गण्डकी लोक ताराका लागि बागलुङबाट ललिता

वैशाखमा कालिका मन्दिरको ६१ लाख रुपियाँ आम्दानी

प्रजनन सम्बन्धी स्वास्थ्य समस्या समयमा नै पहिचान हुन नसक्दा जटिल

बागलुङको बडिगाडमा पहिलो पटक हाइड्रोजन ग्यास उत्पादन

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार

ताजा समाचार

ट्रेन्डिङ

सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश

बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार

बागलुङको बडिगाडमा पहिलो पटक हाइड्रोजन ग्यास उत्पादन

दोस्रो गण्डकी लोक ताराका लागि बागलुङबाट ललिता

वैशाखमा कालिका मन्दिरको ६१ लाख रुपियाँ आम्दानी

प्रजनन सम्बन्धी स्वास्थ्य समस्या समयमा नै पहिचान हुन नसक्दा जटिल

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com