Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार

  • नेपाल सञ्चार
  • ४ हप्ता अगाडि

बागलुङ, ३१ वैशाख । बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङले गत आर्थिक वर्षमा १० करोड ९९ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।
संघको २६औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दीपक गौतमले त्यमध्ये दुग्ध उत्पादक किसानलाई रू आठ करोड ८४ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरिएको जानकारी दिनुभयो ।

गौतमले सहकारीले १५ वटा सहकारीमार्फत करिब एक हजार ५ सय किसानको घरबाट दैनिक ३ हजार ५ सय लिटर दूध सङ्कलन गरी बिक्री–वितरण गर्दै आएको बताउनुभयो ।

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका दूध उत्पादक किसानको समूहबाट २०५८ सालमा स्थापना गरिएको सहकारीले विभिन्न चुनौतीसँग जुध्दै बागलुङमा दूध तथा दुग्धजन्य वस्तुको उत्पादन र बिक्री गर्दै आएको उहाँको भनाइ थियो । उहाँले गुणस्तरीय उत्पादनलाई प्राथमिकता दिँदै कृषकको प्रोत्साहनका लागि पशु बीमा, प्रशोधन सुरक्षा लगायतका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

अध्यक्ष गौतमले सहकारीलाई दीर्घकालसम्म सञ्चालन गर्ने उद्देश्यसहित आधुनिक भवन निर्माणका लागि जग्गा व्यवस्थापनको काम अघि बढाइएको पनि बताउनुभयो । उहाँले बढ्दो महँगीको तुलनामा दूधको मूल्य वृद्धि गर्न नसकिएको उल्लेख गर्दै मूल्य समायोजनका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

खुला बजारका कारण बाहिरबाट दूध तथा दुग्धजन्य वस्तु बागलुङ भित्रिए पनि दूध उत्पादनमा बागलुङ आत्मनिर्भर रहेको उहाँले बताउनुभयो ।
सहकारीले पछिल्लो समय मोही उत्पादन तथा बिक्रीसमेत सुरु गरेको छ ।
हाल सहकारीले दूध, दही, घ्यू, छुर्पी, पनिर, खुवा, मोही तथा नौनी उत्पादन एवं बिक्री–वितरण गर्दै आएको छ ।
कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका सल्लाहकार रामबहादुर जिसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष दीपक गौतमको अध्यक्षता, संघका उपाध्यक्ष रामबहादुर हमालले स्वागत मन्तव्य तथा संघका सचिव गोविन्दप्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

श्रीमान हत्या प्रकरण : तीन जना पक्राउ

ताजा समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

श्रीमान हत्या प्रकरण : तीन जना पक्राउ

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com