Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै

  • नेपाल सञ्चार
  • ४ हप्ता अगाडि

बागलुङ, २८ वैशाख । एन्जल्स् हार्ट सेकेन्डरी स्कुलमा निःशुल्क अध्ययनका लागि परीक्षा सञ्चालन हुने भएको छ ।

एन्जल्स हार्ट एजुकेसन फाउण्डेसन तारकेश्वर नगरपालिका—१० मनमैजु काठमाडौंले सञ्चालन गरेको उक्त विद्यालयले हरेक वर्ष देशभरबाट उत्कृष्ट विद्यार्थीलाई निःशुल्क, पूर्ण छात्रवृत्ति र आंशिक छात्रवृत्तिका लागि छनोट गरेर पढाउने गरेको छ ।

एसइइ परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई उक्त प्रवेश परीक्षामा सहभागी बनाई सर्वोकृष्ट अंक ल्याउने विद्यार्थीलाई एन्जल्स हार्ट सेकेन्डरी स्कुलमा कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति प्रदान गरेर निःशुल्क अध्ययन गर्ने वाताबरण मिलाईने विद्यालयले जनाएको छ ।

पूर्ण छात्रवृत्ति प्राप्त गर्नका लागि एसइइ दिएर बसेका विद्यार्थी सहभागी भएर यही वैशाख ३० गते बिहान १० बजे गोल्डेनगेट एजुकेसन सेन्टर बागलुङ बजार, वैशाख ३१ गते बिहान ७ बजे सक्सेस एकेडेमी हटिया बजार र ११ बजे टाईगर होटल बुर्तिबाङ बजारमा हुने परीक्षामा सहभागी भएर परीक्षा दिनुपर्नेछ ।

जेठ १ गते म्याग्दीको हिमाञ्चल कम्प्युटर सेन्टर बेनी म्याग्दीमा बिहान १० बजे र कास्की पोखरामा जेठ ३ गते बिहान ७ बजे परीक्षा सञ्चालन हुनेछ । उक्त परीक्षामा सहभागी हुनेमध्ये बागलुङ बजारको परीक्षाबाट एक छात्र र एक छात्रा, हटिया र बुर्तिबाङबाट एक छात्रा र एक छात्रा गरी चार जनाले बागलुङबाट पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछन् । म्याग्दी बेनीको परीक्षामा सहभागी हुने परीक्षार्थीमध्ये एक छात्रा र एक छात्रले पूर्ण छात्रवृत्ति प्राप्त गर्ने विद्यालयका निर्देशक/सहायक प्रिन्सीपल दिल बुढाथोकीले बताए ।

निःशुल्क रुपमा अध्ययनको मौका पाउने विद्यार्थीले विद्यालयमा छात्रावास सहित सबै सुविधा पाउँछन् । पूर्ण छात्रवृत्तिमा छनोट भएका विद्यार्थीले छात्राबासको मात्रै खर्च व्यहोर्नुपर्छ भने विशेष र आंशिक छात्रवृत्तिमा पनि विद्यार्थी छनोट गर्ने गरिएको उनले जानकारी दिए । २०७० सालबाट सञ्चालन भएको उक्त विद्यालययले अहिलेसम्म देशभरबाट ६० जनालाई निःशुल्क रुपमा अध्यापन गराएको उनले जानकारी दिए ।

यस वर्ष देशभरबाट १२ जनालाई निःशुल्क अध्ययनका लागि छनोट गरिने जनाईएको छ ।

एन्जल्स हार्ट एजुकेशन फाण्डेसनसंगै एन्जल्स ड्रिम्स कम्पनी, दुई वटा फाइनान्स कम्पनी, एन्जल्स स्पोट्र्स एकेडेमी, एमडिएस एग्रो फार्म र लाइभ स्टक कम्पनी गरी १२ वटा संस्थाहरुको एन्जल्स मिसन ग्रुप समेत सञ्चालित छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

ताजा समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

श्रीमान हत्या प्रकरण : तीन जना पक्राउ

तेस्रो आदर्श कप : पहिलो दिनका खेल सकिए

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com