Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले स्थानीय तहलाई निर्देशन

  • नेपाल सञ्चार
  • २६ सेकेन्ड अगाडि

बागलुङ २२ वैसाख । सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले स्थानीय तहलाई निर्देशन दिएको छ।

सरकारी तथा सार्वजनिक जग्गा संरक्षण, अभिलेख व्यवस्थापन तथा अतिक्रमण नियन्त्रणसम्बन्धी कार्यमा विशेष ध्यान दिन स्थानीय तहलाई आग्रह गरिएको छ।

गृहमन्त्रालयले सार्वजनिक जग्गा अतिक्रमण रोक्न तथा अवैध रूपमा निर्माण गरिएका घरटहरा हटाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई सक्रिय बनाउन परिपत्र गरेको हो।

यसअघि पनि विभिन्न मितिमा निर्देशन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नभएको भन्दै पुनः ध्यानाकर्षण गराइएको कार्यालयले जनाएको छ।

सरकारी तथा सार्वजनिक जग्गामा भएका अतिक्रमण हटाउने, अभिलेख अद्यावधिक गर्ने र व्यवस्थापनलाई व्यवस्थित बनाउने कार्यमा स्थानीय तह तथा सरोकारवाला निकायलाई सक्रिय हुन आग्रह गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालका अनुसार अतिक्रमित जग्गामा निर्माण गरिएका घर तथा टहरा हटाउने काममा स्थानीय तहले पहल गर्नुपर्नेछ भने प्रशासनले शान्ति सुरक्षा सुनिश्चित गर्नेछ।

जिल्ला प्रशासन कार्यालयले आवश्यक कानुनी प्रक्रिया पूरा गरी अतिक्रमण हटाउने तथा सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले स्थानीय तहलाई निर्देशन

कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

ताजा समाचार

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले स्थानीय तहलाई निर्देशन
सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले स्थानीय तहलाई निर्देशन
कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ
कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ
सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

ट्रेन्डिङ

कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले स्थानीय तहलाई निर्देशन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com