Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

  • नेपाल सञ्चार
  • ४ महिना अगाडि

बागलुङ, ३१ वैशाख । बागलुङमा आज देखि गलेश्वर यातायात प्रालिले संचालनमा ल्याइएको छ ।\

बानपा तीन गुठीमा आफ्ना कार्यालय स्थापना गरेर सेवा सञ्चालनमा ल्याएको हो ।प्रालिका अध्यक्ष लक्ष्मण केसीले कार्यालय स्थापना गर्दै यातायात क्षेत्रलाई व्यवस्थित र स्वरोजगार ढङ्गबाट सञ्चालन गर्ने उद्देश्यले कम्पनी स्थापना गरिएको जानकारी दिनुभयो ।

हाल प्रालिमा ३० वटा सवारी साधन आबद्ध रहेका छन् । तीमध्ये २८ वटा पिकअप र २ वटा स्कार्पियो रहेका छन् । बस र टेम्पो बाहेकका अन्य सबै यातायातका साधनलाई प्रालिमा आबद्ध गराउँदै लैजाने योजना रहेको केसीले बताउनुभयो ।

सरकारले रातो नम्बर प्लेटका सवारी साधनले यात्रु बोक्न नपाउने व्यवस्था लागू गरेपछि त्यस्ता सवारीलाई कालो नम्बर प्लेटमा रूपान्तरण गरी व्यवस्थित सञ्चालनका लागि कम्पनी स्थापना गरिएको उहाँले बताउनुभयो ।

प्रालिको पार्किङ तथा टिकटिङ व्यवस्थापनका लागि बागलुङ नगरपालिका संगको समन्वयमा चिप्लेटि बसपार्कमा टिकट काउन्टर स्थापना गरिने भएको छ । यसबाट चिप्लेटि बसपार्कको सदुपयोग हुने विश्वास गरिएको अध्यक्ष केसीले बताउनुभयो ।

कम्पनी स्थापना संगै २५ लाख रुपैयाँको अक्षयकोष संकलन गरिएको बताइएको छ ।

प्रालिका सञ्चालकहरूमा लक्ष्मण केसी, राजु शर्मा, गुरुबहादुर बिक, लोकबहादुर खड्का, चित्र मल्ल रहेका छन् । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर प्रालिले सेवा सञ्चालन गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com