Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पाइन छोड्यो तरुल र कन्दमूल, ब्रोइलरकै भरमा माघेसङ्क्रान्ति !

  • धु्रवसागर शर्मा
  • ७ वर्ष अगाडि

गलेश्वर, १ माघ । माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । पछिल्लो समय म्याग्दीका ग्रामीण क्षेत्रमा तरुल र कन्दमूल पाइन छोडेपछि गाउँलेले ब्रोइलर कुखुराको मासु र भात खाएर माघेसङ्क्रान्ति मनाउन थालेका छन् ।

शहरमुखी प्रवृत्तिका कारण खेती गर्ने, बारी, कान्ला र खोरियामा तरुल, सखरखण्डलगायत कन्दमूल लगाउने जनशक्ति अहिले गाउँमा छैन । अध्ययन, जागिर र वैदेशिक रोजगारीको बहानामा युवाले धमाधम गाउँ छोड्दैछन् भने पाको पुस्तासँग पनि पहिलेको जस्तो खेतबारीमा खनीखोस्री गर्ने, कन्दमूल लगाउने, खेतबारीका गह्रा र कान्ला मिलाउने, उकास्ने जाँगर मर्दै गएका कारण ग्रामीण भेगमा पहिलेदेखि हुने र पाइने गरेका फलफूल र कन्दमूल लोप हुँदै गएका छन् ।

“गाउँगाउँमा डोजर छिरेपछि र व्यावसायिक खेतीको शुरुआत भएपछि तरुल र कन्दमूल लगाउने चलन हराउँदै गयो,” बेनी नगरपालिका–२ का ७९ वर्षीय बेदप्रसाद शर्माले भन्नुभयो, “पहिले पहिले माघेसङ्क्रान्ति आउनुभन्दा ८÷१० दिन अघिदेखि नै गाउँमा तरुल र सखरखण्ड खन्ने गर्दथे, डोकाका डोका तरुल र सखरखण्ड निकालिन्थ्यो । अहिले सबै एकादेशका कथा जस्तै भए ।”

गाउँमा अहिले व्यावसायिक तरकारीखेती, फलफूल खेती र पशुपालन फष्टाउँदै गएको भए पनि परम्परागत कृषि, चाडपर्व मान्ने तथा संस्कृतिको अनुशरण गर्ने पद्धतिमा परिवर्तन देखिएको छ । पढेलेखेका र जागिर व्यवसायमा लागेका युवा आधुनिक संस्कृति, रहनसहन र खानपानमा अभ्यस्त हुँदै गएपछि पराम्परागत संस्कृति, रहनसहन र खानपानका तौरतरिका तथा परिकार लोप हुँदै गएको बूढापाकाको भनाइ छ ।

“युवायुवती तरुल, भ्याकुर, गिठ्ठा र सखरखण्ड खान रुचाउँदैनन्, न त उनीहरुलाई तरुल सखरखण्ड खन्ने जाँगर नै छ, हामीले यी चिजको महत्वका बारेमा बुझाउन सकेका छैनौँ,” खबराका भद्रबहादुर कार्कीले भन्नुभयो, “तरुलको ठाउँ अहिले ब्रोइलर कुखराको मासुले पो लियो, न खोज्नको झण्झट न खन्नको ।”

बिहानै बेनी बजारबाट कुखुराको मासु किन्दै गर्नुभएका स्थानीयवासी प्रेम शाहीले पसलमा ताजा र राम्रो तरुल नपाइएको र आयातीत तरुल पनि अत्यन्त महँगो भएकाले माघे सङ्क्रान्ति ब्रोइलर कुखुराको मासुले नै टार्न बाध्य हुनुपरेको बताउनुभयो । “आज त खिर्चो, साँधेको पिँडालु, उसिनेको सखरखण्ड, तरुलको तरकारी र भाँगोको अचार खाएर माघेसङ्क्रान्ति पर्व मनाउने इच्छा थियो”, उहाँले भन्नुभयो, “अहिले यी चिज गाउँमा त पाइन छोडे, शहरको त के कुरा !”

विगतका वर्षको तुलनामा अहिले बजारमा तरुल थोरै मात्रामा आएको छ भने माग पनि कम रहेको तरकारी व्यवसायी बताउँछन् । “गाउँबाट तरुल आएकै छैन, तराईबाट आएको तरुल हो,” बेनीबजारका तरकारी व्यवसायी प्रवाश रेग्मीले भन्नुभयो, “चौध किलो तरुल राखेको हुँ, पाँच किलो पनि बिक्री भएको छैन ।” मासु पसलसँगै तरकारी बिक्री गर्दै आउनुभएका रेग्मीले तरुलको तुलनामा मासुको बिक्री ८० गुणा बढी रहेको बताउनुभयो ।

तरुलमात्रै होइन माघेसङ्क्रान्तिमा खानै पर्ने परिकार खिर्चो (खिचडी) पनि खान छोडिएको छ । खिर्चो बनाउनका लागि अनिवार्य मानिने मास गाउँघरमा पाइन छोडेको छ । जिल्लामा मासको उत्पादन अत्यन्त कम हुने हुँदा बजारमा मास सहजरुपमा पाइँदैन । बाहिरबाट आएको मास किनेर खिर्चो खानुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

रुँदै एयरपोर्ट छोड्ने नेपालीको कथा: समीक्षा अधिकारी र बिक्रम सुनारको नयाँ गीत सार्वजनिक

पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि बागलुङमा सुरु

ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

बागलुङका चार पालिकामा ३० हजार बढि खोप लगाइने

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

ताजा समाचार

ट्रेन्डिङ

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि बागलुङमा सुरु

रुँदै एयरपोर्ट छोड्ने नेपालीको कथा: समीक्षा अधिकारी र बिक्रम सुनारको नयाँ गीत सार्वजनिक

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com