बागलुङ , ३० जेठ । ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङको आयोजना, ताराखोला गाउँपालिकाको आर्थिक सहयोग र ताराखोला मिडिया प्रा.लि को समन्वयमा २ दिने तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर बि.क हिमालले तालिमले विद्यार्थीलाई ग्रामीण भेगमा पत्रकारिता प्रति आकर्षण गर्ने बताउनुभयो । तालिमले सहयोग पुर्याउने विश्वास गर्ने भन्दै उहाँले पत्रकारिता सँगसँगै नेतृत्व विकास र उद्घोषण कला पनि सबैका लागि आवश्यक रहेको बताउनुभयो । अध्यक्ष बि.क ले आगामी वर्षमा हरेक विद्यालय तहमा यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा ताराखोला गाउँपालिकाका उपाध्यक्ष भिम बहादुर रोका, प्रमुख प्रशासकीय अधिकृत विमल रिजाल, ताराखोला मिडिया प्रा.लि का अध्यक्ष संगम घर्तीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
तालिममा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा स्थानीय युवाहरुको सहभागिता रहेको छ ।
कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, उपाध्यक्ष सिर्जना पन्तको स्वागत र सचिव नारायण रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।
तालिमको सहजिकरण महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, उपाध्यक्ष सिर्जना पन्त, सचिव नारायण रिजाल, सदस्य तथा कान्तिपुर दैनिकका उपसम्पादक प्रकाश बराल र ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहोराले गर्नुभएको छ ।













