Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

  • नेपाल सञ्चार
  • २ घण्टा अगाडि

बागलुङ, २७ जेठ । अतिक्रमण जग्गा र संरचना बागलुङ नगरपालिकाले खोज्न थालेको छ ।
नगरपालिका भर सार्वजनिक जग्गा मिचिएको र अवैद्य संरचना निर्माण गरिएको विषयमा नगरपालिकाले चासो दिएको हो ।

बागलुङ नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गामा भएका अतिक्रमण हटाउन १५ दिने सूचना जारी गरेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताउनुभयो ।

अतिक्रमण गरी निर्माण गरिएको संरचना र अतिक्रमण जग्गा खाली गर्न निर्देशन दिदै समय भित्र खाली नगर नगरपालिकाले भत्काउन र खाली गर्न शुरु गर्ने बताउनुभयो ।

नगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सरकारी, सार्वजनिक, ऐलानी तथा पर्ती जग्गाको संरक्षण र अतिक्रमण नियन्त्रणका लागि लगत संकलन गरिरहेको छ । सडक, खोला तथा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना नगरपालिकाले खाली गर्न आग्रह गरहेको हो ।

मुलुकी देवानी संहिता, २०७४ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्थाअनुसार सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व स्थानीय तहको भएकाले तत्काल अतिक्रमण गरिएको जग्गा तथा संरचना हटाउन सूचना जारी गरेको हो ।

नगरपालिकाका अनुसार विभिन्न स्थानमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी घर, टहरा, पसल, पर्खाललगायत संरचना निर्माण गरिएका कारण सवारी आवागमन, सडक सुरक्षा तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा समस्या उत्पन्न भएको भन्दै नगरपालिकाले सूचना जारी गरेको हो । १५ दिनभित्र स्वःस्फूर्त रूपमा अतिक्रमित जग्गा खाली तथा संरचना हटाउन सम्बन्धित सबै व्यक्ति, संस्था तथा घरधनीलाई अनुरोध गरिएको र त्यसो नभएमा नगरपालिका आफैले संरचना हटाउन थाल्ने शर्माको भनाई छ ।

तोकिएको अवधिभित्र अतिक्रमण हटाइएमा नगरपालिकाले प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाई त्यस्ता संरचना हटाउने, भत्काउने वा व्यवस्थापन गर्ने र उक्त कार्यमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने बागलुङ नगरपालिकाकाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

पर्यटकको पर्खाइमा सिद्द बराह ताल

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

ताजा समाचार

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित
बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित
अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका
अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका
पर्यटकको पर्खाइमा सिद्द बराह ताल
पर्यटकको पर्खाइमा सिद्द बराह ताल
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

ट्रेन्डिङ

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

पर्यटकको पर्खाइमा सिद्द बराह ताल

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com