Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बस दुर्घटनामा सातको मृत्यु

  • ६ वर्ष अगाडि

बागलुङ, माघ ३ गते । पर्वत बागलुङको सिमा मालढुङ्गामा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । म्याग्दीको बेनीदेखि नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको यात्रुबाहक बस कुश्मा नगरपालिका वडा नम्बर एक मालढुङ्गामा दुर्घटना हुँदा सात जनाको मृत्यु र अन्य ३२ जना घाइते भएका थिए ।

सडकदेखि करिब दुई सय मिटर तल खसेको उक्त बसमा च्यापिएर पर्वत जलजला ८ का टिके परियार, उनकी श्रीमती सेती परियार, जलजलाकै जीवन बिक, बागलुङ नगरपालिका वडा नं. ४ की शान्ती महत केसी, म्याग्दी पाखापानीका राजेश पुन र अमिसरा पुन र एक जना सनाखत हुन नसकेका व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक मध्य घटनास्थलमा तीन जना र अन्य चार जनाको उपचारका क्रममा धौलासिरि अञ्चल अस्पतालमा मृत्यु भएको बागलुङका प्रहरी प्रमुख दीपक रेग्मीले जानकारी दिनुभयो । दुर्घटनामा परेको बस क्षतविच्छत भएको छ । गम्भिर घाइतेलाई थप उपचारका लागि नेपाली सेना र निजी कम्पनीको हेलिकप्टर र खतरामुक्त अवस्थामा रहेको घाइतेहरुलाई एम्बुलेन्स तथा ट्याक्सीमार्फत पोखरा पठाइएको धौलागिरि अञ्चल अस्पतालले जनाएको छ ।

बिहानै बस दुर्घटना भएको जानकारी पाए लगत्तै बागलुङ, पर्वत र म्याग्दीको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनापछि धौलागिरी अञ्चल अस्पताल बागलुङ ल्याइएका घाइतेहरुको भुँइमा राखेर उपचार गरिएको थियो । घाइतेको संख्या बढी र स्वास्थ्यकर्मीको संख्या कम भएपछि नेपाली सेनाको स्वास्थ्य टोली, निजी मेडिकलहरुका कार्यरत स्वास्थ्यकर्मीहरुको सहयताले घाइतेको उपचार गरिएको अस्पतालले जनाएको छ ।

सुरुमा उद्धार गरि ल्याइएको घाइतेहरुलाई तत्काल रिफर गर्नका लागि तीनै जिल्लामा रहेका एम्बुलेन्सहरु प्रयाप्त नभएपछि ट्याक्सी, निजी सवारी साधन तथा गम्भिर घाइतेहरुलाई हेलिकप्टरमार्फत रिफर गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । ‘हामीले हेलिकप्टरका लागि गृहमन्त्रालयसँग माग ग¥यौं, केही निजी कम्पनीहरुले यस्तो अवस्थामा पनि भुक्तानी कसले गर्ने, कसरी गर्ने प्रश्न गरेपछि यसको सबै व्यवस्था गछौं भनेर तत्काल हेलिकप्टर मार्फत रिफर गर्न सफल भयौं ।‘ नगरप्रमुख पौडेलले भन्नुभयो ।

घाइतेहरुको नामावली 
१) जिल्ला कालिकोट महावल गापा ४ बस्ने बर्ष ५२ को राज बहादुर सिह छाउनी अस्पताल रीफर ।
२) जिल्ला पर्वत जलजला गापा ८ बस्ने बर्ष१३ को बिक्रम रेग्मी । मणिपाल पोखरा रीफर ।
३) ऐ.ऐ. बस्ने बर्ष३१ कि कमला रेग्मी । मणिपाल अस्पताल पोखरा रीफर ।
४) ऐ.ऐ. बस्ने बर्षनखुलेको कुशल रेग्मी । मणीपाल अस्पताल पोखरा रीफर ।
५) जिल्ला कास्की पोखरा ३३ बस्ने बर्ष४० कि लक्ष्मी बोहरा । मणिपाल अस्पताल पोखरा रिफर ।
६) ऐ.ऐ. बस्ने बर्ष११ कि दिपिका बोहरा । मणिपाल अस्पताल पोखरा रीफर ।
७) जिल्ला म्याग्दी बेनी नपा ८ बस्ने बर्ष६३ को लक्ष्मी प्रसाद बिक – छाउनी अस्पताल रीफर ।
८) जिल्ला कास्की अन्नपूर्ण गापा ४ बस्ने बर्ष २८ कि चन्द्रा आचार्य । मणिपाल अस्पताल पोखरा रीफर । (आमा)
९) ऐ.ऐ. बस्ने बर्ष३ को संकल्प पौडेल मणिपाल रिफर । (छोरा )
१०) जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष३९ की बिसमाया पुन । मणिपाल रीफर ।
११) जिल्ला म्याग्दी बेनपा ७ बस्ने बर्ष६७ को टेकनाथ पौडेल । र्डाईनेष्टिक एयरको हेलिकप्टर बाट ग्रान्डी अस्पताल काठमान्डौ रिफर ।
१२) जिल्ला पर्वत कुश्मा नपा ९ बस्ने बर्ष३५ को तिलक पराजुली । मणिपाल अस्पताल पोखरा रीफर । (चालक)
१३) जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष५२ को उदि्बर तिलिजा । मणिपाल अस्पताल पोखरा रीफर ।
१४) जिल्ला चितवन लङपुर बस्ने बर्ष४५ को रोहीडी प्रसाद चापागाई – छाउनी अस्पताल रीफर ।
१५) जिल्ला म्याग्दी बेनी नपा ७ बस्ने बर्ष६८ को टेक बहादुर पुन । मणिपाल अस्पताल पोखरा रिपर ।
१६) ऐ. ऐ. बस्ने बर्ष६३ कि मन्दिरा पौडेल । र्डाईनेष्टिक एयरको हेलिकप्टर बाट ग्रान्डी अस्पताल काठमान्डौ रिपर ।
१७) ऐ.ऐ.बस्ने वर्ष५६ की हेमकला रेग्मी । मणिपाल रीफर ।
१८) ऐ.ऐ. बस्ने बर्ष६३ कि सुन्दरी पौडेल । मणिपाल रीफर ।
१९) जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष २२को कमल पौडेल – मणिपाल रीफर ।
२०) ऐ.ऐ. बस्ने बर्षनखूलेको बालकृष्ण पौडेल । मणिपाल रिफर ।
२१) जिल्ला चितवन भमनपा ४ बस्ने बर्ष५६ कि पर्ुण्ाकला बस्नेत । मणिपाल रिफर ।
२२) जिल्ला पर्वत बस्ने बर्ष४१ को राजन सापकोटा । मणिपाल रीफर ।
२३) जिल्ला धादिङ बर्ष५५ को मान बहादुर गुरूङ मणीपाल रीफर ।
२४) जिल्ला पर्वत जलजला ८ बस्ने बर्ष २७ को देवीलाल नेपाली । मणिपाल रीफर ।
२५) ऐ.ऐ. बस्ने बर्ष२७ को दिपक परियार । मणीपाल रीफर ।
२६) ऐ.ऐ. बस्ने बर्ष४२ को कृष्ण पौडेल । छाउनी अस्पताल काठमान्डौ रिफर (बावु )
२७) ऐ.ऐ. बर्ष३० कि लक्ष्मी पौडेल – ऐस ११.३५ मा हेलिकप्टरद्धारा पोखरा मणिपाल रिफर । अबस्था सिरियस-(आमा)
२८) ऐ.ऐ. बस्ने बर्ष७ को प्रमाण पौडेल । छाउनी अस्पताल काठमान्डौ रीफर । (छोरा)
२९) जिल्ला चितवन मुहान बस्ने बर्ष९ कि प्रवेशिका पौडेल। छाउनी अस्पताल काठमान्डौ रिफर । (छोरी )
३०) ऐ.ऐ. ५ बस्ने बर्ष३५ कि तुलसी सुवेदी । मणिपाल रीफर ।
३१) जिल्ला बागलुङ जैमिनी नपा ४ बस्ने बर्ष १६ को अमिर क्षेत्री बागलुङ अस्पतालमा उपचार भई रहेको । – सह चालक)
३२) जिल्ला म्याग्दी बेनी न.पा. ८ संगमचोक बस्ने दिपेन्द्र बि.क.- छाउनि अस्पताल रिफर ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पर्वतको कालाञ्जरमा ३४ दिने श्रीकालाञ्जर श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु

आठ वर्षदेखि अलपत्र दरमखोला पुल कहिले बन्छ ?

खेलकुद बिकास समिति बागलुङको अध्यक्षमा कँडेल

जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन सुटिङकी भगवती खत्री केसीलाई

ढोरपाटनमा ११ नाउर र सात झारलको सिकार

ताजा समाचार

पर्वतको कालाञ्जरमा ३४ दिने श्रीकालाञ्जर श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु
पर्वतको कालाञ्जरमा ३४ दिने श्रीकालाञ्जर श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु
आठ वर्षदेखि अलपत्र दरमखोला पुल कहिले बन्छ ?
आठ वर्षदेखि अलपत्र दरमखोला पुल कहिले बन्छ ?
खेलकुद बिकास समिति बागलुङको अध्यक्षमा कँडेल
खेलकुद बिकास समिति बागलुङको अध्यक्षमा कँडेल
जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन सुटिङकी भगवती खत्री केसीलाई
लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन सुटिङकी भगवती खत्री केसीलाई

ट्रेन्डिङ

जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

ढोरपाटनमा ११ नाउर र सात झारलको सिकार

ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार बढी सवारी साधन कारवाहीमा

अवैध लागूऔषधसहित १० जना पक्राउ

आठ वर्षदेखि अलपत्र दरमखोला पुल कहिले बन्छ ?

लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन सुटिङकी भगवती खत्री केसीलाई

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com