Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन सुटिङकी भगवती खत्री केसीलाई

  • नेपाल सञ्चार
  • २ दिन अगाडि

बागलुङ, २३ बेशाख । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’मा लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन सुटिङकी भगवती खत्री केसीलाई प्रदान गरिने भएको छ ।
प्रतिभा छनोट समितिको बैठकले सिफारिस गरेकोमा मञ्चको कार्यसमिति बैठकले त्यसलाई अनुमोदन गरेसँगै यसपटक खत्रीले अवार्ड पाउने निश्चित भएको हो ।
खत्रीलाई वैशाख २६ गते पोखरा इभेन्ट सेन्टरको हलमा हुने भव्य कार्यक्रममा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सहित सम्मान गरिनेछ ।

बागलुङकी भगवती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भई विभिन्न पदक जितिसकेकी छन् । उनले नवौं राष्ट्रिय प्रतियोगितामा प्रथम, १२औं राष्ट्रिय शुटिङ प्रतियोगितामा प्रथम, प्रथम खुला शुटिङ प्रतियोगितामा प्रथम, चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम, पाचौं राष्ट्रिय प्रतियोगितामा द्धितीय र १२औं राष्ट्रिय सुटिङ प्रतियोगितामा बेस्ट प्लेयरको उपाधि प्राप्त गरिसकेकी छिन् ।

त्यस्तै अन्तर्राष्ट्रियतर्फ सिड्नीमा भएको सत्ताइसौं ओलम्पिक गेममा सहभागि उनले राष्ट्रिय कीर्तिमानीसमेत कायम गरेकी थिइन् । विभिन्न ७ वटा संस्करणका एशियन गेममा सहभागिलगाएत साफ च्याम्पियन र अन्तर्राष्ट्रिय सुटिङ प्रतियोगितामा सहभागी भइसकेकी छन् । खत्रीले गोरखा दक्षिण बाहु मानपदवी प्राप्त गरिसकेकी छन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन २०६३ बाट उत्कृष्ट खेलाडीको रुपमा घोषणा भइसकेकी छन् । गण्डकी प्रदेशमा शुटिङ प्रशिक्षकको रुपमा २०५१ सालदेखि खेलाडीलाई निशुल्क प्रशिक्षण समेत गराउँदै आएकी छन् ।

यसअघि, मञ्चले यहाँका अग्रज खेलाडीहरु कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा. वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई, विद्याप्रसाद मर्सानी र इन्द्रा मल्लले लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिसकेको छ ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका अध्यक्ष एमबि आस्था मगरले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पर्वतको कालाञ्जरमा ३४ दिने श्रीकालाञ्जर श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु

आठ वर्षदेखि अलपत्र दरमखोला पुल कहिले बन्छ ?

खेलकुद बिकास समिति बागलुङको अध्यक्षमा कँडेल

जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन सुटिङकी भगवती खत्री केसीलाई

ढोरपाटनमा ११ नाउर र सात झारलको सिकार

ताजा समाचार

ट्रेन्डिङ

जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

ढोरपाटनमा ११ नाउर र सात झारलको सिकार

ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार बढी सवारी साधन कारवाहीमा

अवैध लागूऔषधसहित १० जना पक्राउ

आठ वर्षदेखि अलपत्र दरमखोला पुल कहिले बन्छ ?

उर्जा राज्यमन्त्रीको पद तथा गोपनीयताको सपथ आज

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com