Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पर्वतमा टुट्टा किराको प्रकोपले तरकारीमा ठूलो नोक्सानी

  • ६ वर्ष अगाडि

पर्वत । पर्वतका व्यावसायिक कृषकले लगाएको खेतीबालीमा टुट्टा नामक किराको प्रकोप बढेको छ । खुला ठाउँमा र प्लाष्टिक टनेल गरी दुवै किसिमका स्थानमा लगाइएको व्यावसायिक तरकारी खेतीमा टुट्टा किराको आक्रमण फैलिन थालेपछि किसान समस्यामा परेका छन् । मौसममा आएको खराबीका कारण विशेषगरी गोलभेँडामा यो किराको सङ्क्रमण बढेको कृषि ज्ञान केन्द्र पर्वतले जानकारी दिएको छ ।

जिल्लाको कुश्मा नगरपालिका–११ पकुवा, जलजला गाउँपालिका–७ धाइरिङ, ८ नाग्लीवाङ, फर्सेलगायतका स्थानमा रहेका व्यावसायिक तरकारी फार्ममा गोलभेँडामा टुट्टा किराले बालीनाली नष्ट गरेको हो । जलजला गाउँपालिका–७ धाइरिङमा लगाइएको गोलभँेडामा पातमा आक्रमण गरेको यो किराले विस्तारै बोट र फलसमेत खाएर नोक्सान गर्ने कृषि प्राविधिकले जानकारी दिएका छन् ।

पुत्ला जातको यो किराले किसानलाई बाली पाक्ने बेलामा सबैभन्दा बढी सताउने गरेको जलजला–७ का अगुवा कृषक सागर सुवेदीले जानकारी दिनुभयो । पकुवाका सूर्यबहादुर केसी, गणेश पौडेल र दीपेन्द्र क्षेत्रीको व्यावसायिक कृषि फार्ममा अत्यधिकरुपमा टुट्टाले आक्रमण गरेको छ ।

रोग नियन्त्रण गर्न कीटनाशक विषादीको प्रयोग गर्न सकिने कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले सुझाउनुभएको छ । धेरै मात्रामा आक्रमण गरेको भए विषादी प्रयोग गर्ने र थोरै मात्रामा भए बजारमा पाइने किरा आकर्षण गर्ने एक प्रकारको पासो थापेर मार्न सकिने रेग्मीले बताउनुभयो ।

आक्रमण रोक्न मोहनी पासो थापेमा नियन्त्रण गर्न सकिन्छ । प्रायजसो धेरै पानी परेको समयमा यो किराको आक्रमण बढ्ने कृषि प्राविधिक बताउँछन् । कोरोना भाइरस असिना र किराको प्रकोपले कृषक समस्यामा परेको ज्ञान केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री

दोस्रो गण्डकी लोक ताराका लागि बागलुङबाट ललिता

वैशाखमा कालिका मन्दिरको ६१ लाख रुपियाँ आम्दानी

ताजा समाचार

बागलुङमा ११ करोड बेरुजु
बागलुङमा ११ करोड बेरुजु
प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा
प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा
दुई कर्मचारी सम्मानित
दुई कर्मचारी सम्मानित
अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री
अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री
प्रथम एसईई कप फुटसल प्रतियोगिता
प्रथम एसईई कप फुटसल प्रतियोगिता

ट्रेन्डिङ

प्रथम एसईई कप फुटसल प्रतियोगिता

बागलुङमा ११ करोड बेरुजु

अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com