काठमाडाै, बैशाख ३० गते । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयाे । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।














