Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

  • नेपाल सञ्चार
  • २ महिना अगाडि

बागलुङ, ८ असार । गुहेंली संचार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित हुँदै आएको जननिगरानी साप्ताहिक पत्रिका आजदेखि दशौँ वर्षमा प्रवेश गरेको छ । पत्रिकाले नवौँ वार्षिकोत्सव आईतबार मनाएको छ ।

नवौँ वार्षिकोत्सवको उद्घाटन काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै उहाँले सञ्चार माध्यमले राम्रो कामको प्रशंसा गर्दै नराम्रा कामको खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाँले सञ्चार माध्यमले खबरवारी गर्दै सरोकारवालाहरुलाई गलतबाटोमा जानबाट रोक्नुपर्नेमा जोड दिनुभयो ।

उपाध्यक्ष थापाले सञ्चार माध्यमहरु स्वतन्त्र र निर्भिक बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चार माध्यमको भविष्यसँग नागरिकको अधिकार र स्वतन्त्रता पनि जोडिएको बताउनुभयो । ‘जतिबेला सञ्चार माध्यमको मुख थुनिन्छ, त्यतिबेला जनताको अधिकार पनि खोसिंदै जान्छ’ थापाले भभन्नुभयो,‘तानाशाहीहरुले सञ्चार माध्यमबाट थालेर नागरिकको अधिकार खोसेका छन् ।’ गणतन्त्रमा आइपुग्दा सबै सञ्चार माध्यम स्वतन्त्र र निर्भिक बन्नुपर्ने पनि उहाँले बताउनुभयो । साथै उहाँले सत्य र तथ्यमा आधारित भएर सूचना प्रकाशन गर्न पनि सञ्चार माध्यम र संचारकर्मीलाई सुझाव दिनुभयो ।

कार्यक्रममा काठेखोला गाउँपालिका वडा नं. २ का अध्यक्ष विद्यापति शर्मा, वडा नं. ६ का अध्यक्ष वृहस्पति शर्मा, दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य दीपक गौतम, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’, पत्रकार राजेशचन्द्र राजभण्डारी, बागलुङ उद्योग वाणिज्य संघका सदस्य राजु गौतम, कृषि सहकारी संघका उपाध्यक्ष मणीभद्र शर्मा, स्वास्थ्य प्राविधिक संघका अध्यक्ष विष्णुनाथ शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

गुहेंली सहकारी संस्था लिमिटेडकी अध्यक्ष तारा के.सी. कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जननिगरानी साप्ताहिक पत्रिकाका सम्पादक अर्जुन कार्कीको स्वागत मन्तव्य र संचालन सहकारीका सहसचिव तथा प्रकाशन समितिका संयोजक तारानाथ आचार्यले गर्नुभएको थियो ।

यो साप्ताहिकले काठेखोलाको समाचारलाई पहिलो बनाउने र जिल्लाभित्रका समाचार मात्रै प्रकाशन गर्दै आएको सम्पादक कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा करेन्ट लागेर एक जना घाईते

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com