Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

  • नेपाल सञ्चार
  • २ महिना अगाडि

पर्वत १० असार । पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५३ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको छ ।

गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४को नीति तथा कार्यक्रममा शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन, युवा स्वरोजगार र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।

बुधबार सम्पन्न २१औँ गाउँसभामा अध्यक्ष राजुप्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय स्रोत, सम्भावना र आवश्यकतामा आधारित विकासमार्फत ‘समुन्नत जलजला, सुखी जलजलावासी’ निर्माण गर्ने लक्ष्य लिइएको बताए।

गाउँपालिकाले रोजगारी सिर्जना, पूर्वाधार विकास, सामाजिक न्याय, गुणस्तरीय सेवा प्रवाह तथा सुशासनलाई बजेटका मुख्य उद्देश्यका रूपमा अघि सारेको छ। दक्ष जनशक्ति उत्पादन, गरिबी न्यूनीकरण, दिगो पूर्वाधार निर्माण, सामाजिक सुरक्षा सुदृढीकरण तथा समतामूलक समाज निर्माणलाई समेत प्राथमिकतामा राखिएको छ।

क्षेत्रगत बजेट विनियोजनअनुसार पूर्वाधार विकास कार्यक्रमका लागि १ करोड ३५ लाख, वडा स्तरीय पूर्वाधार विकासका लागि ३ करोड १५ लाख, सामाजिक विकासका लागि ३ करोड १५ लाख, आर्थिक विकासका लागि ६२ लाख तथा विपद् व्यवस्थापनका लागि ३० लाख रुपैयाँ छुट्याइएको छ। न्यायिक समिति, सुशासन तथा सार्वजनिक सेवा सुधारका कार्यक्रमका लागि समेत बजेट व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।

स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै १० शैयाको पालिका अस्पताल सञ्चालनका लागि ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ। नाग्लीबाङ र धाइरिङ स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण र सञ्चालनका लागि पनि बजेट छुट्याइएको छ। निःशुल्क स्वास्थ्य परीक्षण, पोषण सुधार, मानसिक स्वास्थ्य परामर्श र किशोरकिशोरी स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।

शिक्षातर्फ सामुदायिक विद्यालयको गुणस्तर सुधार, डिजिटल शिक्षण प्रणाली विस्तार, स्मार्ट बोर्ड जडान, शिक्षक क्षमता अभिवृद्धि तथा विज्ञान र प्रविधिमैत्री शिक्षामा जोड दिइएको छ। विद्यालय छाड्ने दर न्यूनीकरण, पुस्तकालय, विज्ञान प्रयोगशाला र सूचना प्रविधि पूर्वाधार विस्तारका कार्यक्रम पनि समेटिएका छन्।

कृषि क्षेत्रलाई आर्थिक विकासको आधार मानेर सुन्तला, आलु, किवी, तरकारी तथा फलफूल उत्पादन वृद्धि गर्ने योजना ल्याइएको छ। ‘बाँझो जमिन होइन, उत्पादनशील भविष्य हाम्रो’ अभियानमार्फत बाँझो जमिनको उपयोग, कृषि यान्त्रिकीकरण, बिउबिजन, कृषि बीमा तथा उत्पादनको बजारीकरणमा जोड दिइने भएको छ। पशुपालन क्षेत्रलाई सुदृढ बनाउन ‘एक वडा, एक प्राविधिक’ कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ।

पर्यटन प्रवद्र्धनका लागि गण्डकी गोपाल गोशाला, मल्लाज दरबार, राममन्दिर, शिवालयलगायत धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटन पूर्वाधार विकास गरिने भएको छ। ‘एक वडा, एक पदमार्ग’ र ‘एक वडा, एक झोलुङ्गे पुल’ कार्यक्रममार्फत पर्यटकीय गन्तव्यसँग पहुँच विस्तार गरिने गाउँपालिकाले जनाएको छ।

युवा स्वरोजगार, सीपमूलक तालिम, खेलकुद पूर्वाधार विकास तथा विदेशबाट फर्किएका युवाको अनुभवलाई स्थानीय आर्थिक गतिविधिमा उपयोग गर्ने नीति पनि समेटिएको छ। बालमैत्री स्थानीय शासन कार्यक्रमका लागि ९० लाख तथा पालिका स्तरीय खेल मैदान र बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि १ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ। हम्पाल क्षेत्रमा प्रविधि तथा नवप्रवर्तन सिकाइ केन्द्र निर्माणका लागि १ करोड ३० लाख रुपैयाँ प्रस्ताव गरिएको छ।

संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट र आन्तरिक आयलाई बजेटको मुख्य स्रोत बनाइएको गाउँपालिकाले प्रस्तुत बजेटले आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई गति दिने, रोजगारी सिर्जना गर्ने र समावेशी विकासको आधार मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com